
सुशीला रेग्मी
रोटरी क्लब अफ रामपुर पाल्पाले नयाँ वर्ष २०८० को अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । क्लबका अध्यक्ष रुद्रनारायण श्रेष्ठको अध्यक्षतामा पर्यटकीय क्षेत्र रामपुर नगरपालिका वडा नं ८ को भुजात सिद्धबाबाधाममा कार्यक्रम भएको हो ।
लुम्बिनी प्रदेश सभा सदस्य तथा क्लबका संस्थापक अध्यक्ष राजुप्रसाद श्रेष्ठले क्लबले निशुल्क स्वास्थ्य शिविर, कोभिड १९ को अवसरमा स्वास्थ्य सुरक्षा सामग्री वितरण, अपाङ्गता भएका नागरिकलाई ह्वील चियर वितरणलगायत काम स्थापनाको समयदेखि हालसम्म गर्दैै सामाजिक क्षेत्रमा क्रियाशील रहेको जानकारी गराए । जापानीज नागरिक काजुमासा काकिमी ओकेबाजेले क्लबले समाजमा गरेको कार्यले आफूलाई खुशी लागेको बताए ।
कार्यक्रममा पत्रकार सुशीला रेग्मी, भुजात सिद्धबाबा मन्दिरका अध्यक्ष त्रिलोचन अधिकारी, ज्योतिपुन्ज युवा क्लबका अध्यक्ष सुदिप गौतम लगायतले बोल्दै क्लबले रामपुरमा गरेको सामाजिक कार्यको चर्चा गर्दै नयाँ वर्ष २०८० को शुभकामना दिए । कार्यक्रममा सहभागीलाई क्लबका उपाध्यक्ष सागरप्रसाद देवकोटाले स्वागत गरेको कार्यक्रमको संचालन गोविन्द पाठकले गरेका थिए ।
कार्यक्रमको अवसरमा क्लबको नयाँ सदस्य बनेका डोलराज पाठक, सुदिप गौतम, धनराज गौतम, कृष्णप्रसाद भट्टराईलाई स्वागत गरिएको थियो । ओकेबाजेलाई जापानको रोटरी क्लव समक्ष कालीगण्डकी आँखा अस्पतालका स्वास्थ्य सामग्री सहयोगका लागि मागपत्र पेश समेत गरिएको छ ।