पाल्पा महोत्सव सुरु

पाल्पा । पाल्पा उद्योग वाणिज्य संघको आयोजनामा १३ औं पाल्पा महोत्सव सुरु भएको छ । महोत्सव तानसेन टुंडिखेलमा सुरु भएको महोत्सव २४ गतेसम्म चल्ने छ । महोत्सवको पहिलो दिन तानसेन बजारमा पञ्चेबाँजा सहित पहिचान सहितको झाँकी ¥यालीले परिक्रमा गरिएको थियो ।

महोत्सवको उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य संघका केन्द्रिय वस्तुगत उपाध्यक्ष हेमराज ढकालले पाल्पाको आर्थिक विकासमा महोत्सवले ठूलो भूमिका खेल्ने बताए । जिल्लाका दुई संघीय सांसदहरु नै उपस्थित नभएको कार्यक्रममा केही प्रदेश सभा सदस्य, राजतीतिक दलका प्रमुख तथा प्रतिनिधी, जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, कर्मचारीलगायतकाे उपस्थिति रहेकाे थियाे । उनीहरूले  पाल्पाको व्यापारमा महोत्सवले सकारात्मक भूमिका खेल्ने विषयमा जोड दिँदै महोत्सव सफलताको शुभकामना व्यक्त गरे ।

महोत्सवमा जिल्लाबाट उत्पादन हुने वस्तु तथा सेवाको प्रदर्शनी, विक्री, वितरणका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय उत्पादनको समेत प्रदर्शनी गरिएको छ । महोत्सव मूल आयोजक समितिका अध्यक्ष शैलेन्द्र भट्टराइले पाल्पाको आर्थिक तथा पर्यटन विकासमा महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

महोत्सव अवधीभर स्थानीय कला संस्कृतिको जगेर्ना गर्ने किसिमका कार्यक्रमहरूको आयोजना समेत गरिने छ । उनले यो महोत्सवले पाल्पाको कृषि, पशुपालन सहित पर्यटन प्रवर्धनमा सहयोग पुग्ने विश्वास लिइएको अध्यक्ष भटराईको भनाइ छ ।
महोत्सवमा महिला उद्यमी, घरेलु उद्योग, कुटीर उद्योग, कृषि उद्यमीद्वारा उत्पादित वस्तुको प्रदर्शनीका ३ सय भन्दा बढी स्टल रहेका छन् ।

महोत्सवमा १० करोड बराबरको कारोबार हुने अनुमान गरिएको छ । करिव ५ वर्षपछि टृुँडिखेल मैदानमा हुन लागेको महोत्सवमा विभिन्न ख्याती प्राप्त कलाकारहरुको दैनिक प्रस्तुति रहने प्रचार प्रसार समितिका संयोजक विदुर घिमिरेले जानकारी दिए ।

सम्बन्धित खवर