कैलानशनगर मिडिया प्रा.लिद्वारा भित्रेपात्रो सार्वजनिक

पाल्पा । कैलाशनगर मिडिया प्रा.लि तानसेन पाल्पाले नयाँ वर्ष २०८० सालको भित्तेपात्रो सार्वजनिक तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

प्रा.लिको आफ्नै कार्यालय तानसेन भगवतीटोलमा एक सक्षिप्त कार्यक्रमको आयोजना गरी कार्यक्रम गरेको हो । प्रा.लिद्धारा प्रकाशित नव जनचेतना राष्ट्रिय दैनिक र शित्तलपाटी डटकमको पहिचान खुल्नेगरी धार्मिक तथा पर्यटकीय क्षेत्रको तस्वीर समाबेस गरेर भित्रेपात्रो प्रकाशन गरिएको छ ।

कार्यक्रममा पूर्व मन्त्री तथा लुम्बिनी प्रदेश सभा सदस्य वीरबहादुर रानाले समाजका गलत काम र अनियमितताका विरुद्ध पत्रकारहरुले पत्रकारिताको धर्म अनुसार काम गर्नुपर्ने बताए । उनले लामो समयको संर्घषबाट प्राप्त लोकतान्त्रिक व्यवस्था अहिले खतरामा परेको भन्दै त्यसलाई जोगाई राख्न मिडियाले थप सशक्त भूमिका खेल्नुपर्नेमा जोड दिए । प्रदेश सभा सदस्य रानाले व्यक्ति विशेष र राजनीतिक विचार भन्दा माथी उठेर कलम चलाउदा आम नागरिकलाई न्याय हुने उनको भनाइ थियो ।

कार्यक्रमा नेपाल पत्रकार महासंघका उपाध्यक्ष भरत शर्माले मोफसलकाे पत्रकारितामा पत्रिकाले खेलेको भूमिका महत्वपूर्ण रहेको बताए । उनले पछिल्लो समय नेपाली मिडियाहरु धरासायी बन्दै गइरहेको अवस्थामा पनि जनचेतना दैनिकले आफूलाई निरन्तरता दिन सक्नु नै ठूलो कुरा रहेको धारणा व्यक्त गरे । उपाध्यक्ष शार्मले मिडियाले आगामी दिनमा थप उच्चस्तरीय सामग्रीहरु प्रकाशन गर्ने दिशामा ध्यान दिनुपर्नेमा जोड दिए ।

प्रा.लिका अध्यक्ष जगदीश भट्टराईले पाल्पाका ऐतिहासिक धार्मिक तथा पर्यटकीय स्थलहरुको प्रचार प्रसार गर्ने गरी नयाँ वर्षको भित्रेपात्रो सार्वजनिक गरिएको बताए । कायृक्रममा पत्रकारिता क्षेत्रमा क्रियाशील पाल्पाका पेशागत संगठनका प्रमुखहरुको उपस्थितिमा भित्तेपात्रो सार्वजनिक गरिएको नव जनचेतना दैनिकका उपसम्पादक रामचन्द्र रायमाझीले जानकारी दिए ।

सम्बन्धित खवर