पाल्पा अस्पतालको अध्यक्षमा आत्रेय

पाल्पा । पाल्पा अस्प्ताल विकास समिति पाल्पाको अध्यक्षमा गुराँस आत्रेय मनोनीत भएका छन् । प्रदेश स्वास्थ्य संस्था स्थापना, नविकरण तथा स्तरोन्नति नियमावली २०७७ को निय २५ बमोजिम लुम्बिनी प्रदेश मन्त्रीपरिषद्को वैशाख ८ गते गएको निर्णय अनुसार आत्रेय अध्यक्ष पदमा मनोनीत भएका हुन् ।

अध्यक्ष पदमा मनोनीत आत्रेयलाई अस्पतालका कर्मचारीहरुले स्वागत गरेका छन् । स्वागत कार्यक्रममा अस्पतालका व्यवस्थापक प्रफुल्ल शर्माले अस्पतालको समग्र अवस्था बारे जानकारी गराए । आवश्यक पूर्वाधारका लागि पहल भएको समेत जानकारी दिए ।

अध्यक्ष आत्रेयले मानिसको अन्तिम आशा अस्पतालको सेवासंग जोडिएर आउने भएकोले यसको गुणस्तरीय सेवाका विषयमा आफू गम्भीर रहेको बताए । उनले अस्पतालको सेवा कमजोर बनाउन नभै सुधारका लागि आफ्नो पहल हुने बताए । अध्यक्ष आत्रेयले सम्भावनाका बीच रहेका चुनौती हटाउन कर्मचारी, स्वास्थ्यकर्मी र समितिको त्रिकोणात्मक समन्वयबाट गर्ने प्रतिबद्धता समेत जनाए ।

तानसेन नगरपालिकाका प्रवक्ता यादवसिंह कार्कीले सेवा सुधारका लागि आवश्यक सहयोग गर्न तानसेन नगरपालिका तत्पर रहेको बताए । उनले नयाँ नेतृत्वलाई बधाई तथा शुभकामना व्यक्त गदै नमुना काम गरी उदाहरणीय बन्न आग्रह गरे ।

अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर विवेक भण्डारीले दरबन्दी अनुसारको विशेषज्ञ चिकित्सकहरु नहुँदा सेवा दिन समस्या भएको बताए । प्रदेश अन्तरगतको ५० शैयाको अस्पताल भएपनि जनशक्ति, उपकरण र भौतिक संरचना अभाव हुँदा जनताको चाहना र आवश्यकता अनुसारको सेवा उपलब्ध गराउन नसकिएको बताए ।

प्रदेश सरकारले अस्पताल विकास समितिको सदस्यमा शसी श्रेष्ठलाई समेत मनोनीत गरेको छ । अध्यक्ष आत्रेय र सदस्य श्रेष्ठलाई अस्पतालले एक कार्यक्रम गरी स्वागत गरेर अस्पतालको अवस्था बारे सक्षिप्तमा जानकारी गराएका हुन् ।

सम्बन्धित खवर