
पाल्पा – माथागढी–३ कसेनी सराईमा रहेको दिव्य ज्योति नमूना माध्यमिक विद्यालयले भर्ना अभियान तथा घरदैलो कार्यक्रम सुरू गरेको छ । सोमबार विद्यालयका पहिचानसहित ¥याली गरेर विद्यालयले भर्ना अभियान थालेको हो । वार्षिक नतिजा प्रकाशन सकिएपछि विद्यालयले शैक्षिक सत्र २०८० का लागि भर्ना अभियान थालेको हो ।
भर्ना अभियान अन्तर्गत भएको ¥यालीमा माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदी, वडा अध्यक्ष तेजबहादुर घर्तीमगर, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रेखीराम राना, प्रधानाध्यापक लोकेन्द्र थापा, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्षहरू, सदस्य, शिक्षक अभिभावक समितिका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।
सो अवसरमा गाउँपालिका अध्यक्ष चिदीले नयाँ भर्ना भएका विद्यार्थीलाई कापी कलम दिएर विद्यालयमा स्वागत गरे । अध्यक्ष चिदीले पछिल्लो समय विद्यालयले उत्कृष्ट शैक्षिक क्रियाकलापहरू गर्दै आएको भन्दै प्रशंसा गरे । उनले भर्ना अभियानले सबै तह र तप्काका बालबालिका विद्यालयभित्र ल्याउन सहयोग गर्ने आग्रह समेत गरे ।
भर्ना अभियान अन्तर्गतको ¥यालीमा विद्यालयको पन्चेबाजा समूह, व्याण्ड बाजा समूह, स्काउट, जुरेस, इको क्लब, किशोरी क्लब, तेवाण्दो दोजाङ् समूहका विद्यार्थीहरू, अभिभावक एवं शिक्षकको सहभागिता रहेको थियो । भर्ना अभियान अन्तर्गत सेवा क्षेत्रमा घरदैलो अभियान समेत सुरू गरिएको विद्यालयका प्रधानाध्याक लोकेन्द्र थापाले जानकारी दिए ।
विद्यालयमा कक्षा पिजी (प्ले ग्रुप )देखि कक्षा ९ सम्ममा अङ्ग्रेजी र नेपाली दुबै माध्यममा पठनपाठन हुने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रेखिराम रानाले जानकारी दिए । उनले विद्यालयले यही वर्षदेखि स्कुल बस समेत संचालन गरेको र हाल एक हजार बालबालिका विद्यालयमा अध्ययनरत रहेको बताए ।