
पाल्पा । पाल्पाको तानसेनमा रहेको परियार समाज गुठीकोे स्वर्ण महोत्सवको तयारी पूरा भएको छ । चैत २८ र २९ गते तानसेनमा हुने स्वर्ण महोत्सवको तयारी सकिएको आयोजकले जनाएको छ ।
पत्रकार सम्मेलन गरी परियार समुदायको महोत्सवमा देशभरबाट उच्च पदस्थ परियार समुदायका अगुवाहरु सहभागी हुने आयोजकले जनाएको छ । परियार समुदायको हक अधिकारका विषयमा महोत्सवमा छलफल हुने मूल आयोजक समितिका अध्यक्ष तीर्थप्रसाद गौतमले जानकारी दिए ।
महोत्सवको पहिलो दिन पाल्पाको ऐतिहासिक श्रीनगरडाडामा विहान गुठी पुजा र दोस्रो दिन साँस्कृतिक झाँकी सहित विहान प्रभात फेरी, विभिन्न विधामा उल्लेखिय योग्दान गरेका राष्ट्रिय स्तरका व्यक्तित्वलाई सम्मान, परियार समुदायको उन्नतिका लागि अन्तरक्रिया, घोषणापत्र जारी गुठीका महासचिव सुजन कार्कीले जानकारी दिए ।
पत्रकार भेटघाट कार्यक्रममा नेपाल पत्रकार महासंघका उपाध्यक्ष भरत शर्माले महोत्सवको शुभकामना व्यक्त गरे । उनले गुठी स्थापना समयदेखि हालसम्म गरेको कामको प्रशंसा गर्दै अन्य समुदायले पनि असल अभ्यासको सिको गर्नुपर्नेमा जोड दिए ।
२०२९ सालमा मृत्यु संस्कार सहयोग समितिका रुपमा स्थापना गरिएको समिति २०३४ सालबाट परियार समाज गुठीका नामबाट निरन्तर क्रियाशील रहेको छ । तानसेनका ८२ घरधुरी सहभागी रहेको गुठीका सदस्यको घरमा कोही कसैको मृत्यु भएका मृत्यु संस्कारका लागि गुठीको कोषबाट ३० हजार रुपैयाँ सहयोग उपलब्ध गराउने गरेको छ । यस्तै गुठीका प्रत्यक सदस्यले प्रतिव्यक्ति न्यूनतम एक सय ५ रुपैयाँ हसयोग गर्नुपर्ने नियम छ । यसका साथै सदस्यहरु बिरामी भएमा केही रकम निशुल्क र केही रकम कर्जाका रुपमा उपचारका लागि खर्च उपलब्ध गराउने साथै सामाजिक आन्दोलनमा सहभागी हुने गरेको गुठीको अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक गौतमले जानकारी दिए ।