पत्रकार समूहको साधारण सभा रानीमहलमा

दयाराज न्यौपाने

पाल्पा । बगनासकाली पत्रकार समूहको साधारण सभा तथा अधिबेशन पाल्पाको एतिहासिक तथा पर्यटकीय स्थल रानीमहलमा हुने भएको छ ।

शनिबार बसेको समूहको कार्य समितिको पूर्ण बैठकले समूहको तेस्रो साधारण सभा तथा दोस्रो अधिबेशन आगामी बैशाख १५ गते गर्ने निर्णय गरेको समूहका सचिव बिष्णु प्रसाद घिमिरेले जानकारी दिए ।

बैठकले नेत्रप्रसाद गैरेको संयोजकत्वमा सभा व्यवस्थापन समिति, भोजराज भट्टराईको संयोजकत्वमामा आर्थिक समिति र संगीता आचार्यको संयोजकत्वमा अतिथि सत्कार समितिको गठन गरिएको समूहका अध्यक्ष दिपक ढुंगानाले बताए ।

अध्यक्ष ढुंगानाका अनुसार साधारणसभा तथा अधिबेशन पर्यटकीय क्षेत्र रानीमहलमा पर्यटकीय क्षेत्रको विकासमा टेवा दिने उद्देश्यले कार्यक्रम गर्न लागिएको । बगनासकाली गाउँपालिका र तानसेन नगरपालिकाको सीमा क्षेत्रमा रहेको रानीमहल क्षेत्रको संरक्षण र विकासमा कार्यक्रमले थप सहयोग गर्ने अध्यक्ष ढुंगानाको विश्वास छ ।

बैठकमा नेपाल पत्रकार महासंघका सचिव यज्ञमुर्ति तिमिल्सिनाले पत्रकार समूहले गरेका कामका बारेमा आफ्नो धारणा राखेका थिए । पत्रकार समूहका सल्लाहकार गोविन्द भट्टराईले पत्रकार समूह स्थापनाको उद्देश्य अनुसारका क्रियाकलाप गरी समाजमा सकारात्मक प्रभाव पार्ने गतिविधिमा क्रियाशील हुनुपर्नेमा जोड दिए । बैठक समूहका अध्यक्ष ढुंगानाको अध्यक्षतामा बसेको हो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय