होटल पौवाले मनायाे स्थापना दिवस

पाल्पा । होटल पौवा पाल्पाले आफ्नो ७ औ स्थापना दिवस मनाएको छ । पाल्पा लगायत सेवा उपलब्ध जिल्लाहरुमा स्थापना दिवसका अवसरमा विविध कार्यक्रम गरेर मनाइएको पाल्पा शाखाका प्रवन्धक यदु भटराईले जानकारी दिए । होटल पौवाको हालसम्म देशभरमा ११ वटा शाखाबाट सेवा उपलब्ध गराउदै आएको छ ।

आतिथ्यतालाई पहिलो प्राथमिकतामा राखेर सेवा प्रवाह गर्दै आएको होटेलले नेपाली पर्व र साँस्कृतिक महत्वका दिनमा विशेष कार्यक्रम गर्ने गरेको लेखापाल सञ्जु कार्कीले बताइन् । उनले पाल्पा आउने आन्तरिक तथा वाह्य पर्यटक तथा स्थानीय संघ संस्था र ग्राहकहरुको पहिलो राजाईमा होटल परेको बताउदै आफूहरुले व्यवसाय संगै सामाजिक कार्यमा समेत सहभागिता जनाएको बताइन् ।

सामाजिक उत्तरदायित्व अन्तरगत होटल पौवा तानसेनले प्रभातफेरी कार्यक्रम सहित लुम्बिनी मेडिकल कलेज, प्रभाषका बिरामीहरुलाई फलफूल वितरण गरेको छ । होटल पौवा तानसेनका प्रबन्धक यदु भट्टराई, लेखापाल सञ्जु कार्कीलगायतल अन्य कर्मचारीहरु कलेज पुगेर फलफूल वितरण गरेका हुन् । उनीहरुले लुम्बिनी मेडिकल कलेजको प्रसूति वार्डमा भएका सुत्केरी आमाहरुलाई फलफूल वितरण गरेको हो ।

स्थापना दिवस मनाउन होटल पौवाका सञ्चालक, कर्मचारी र शुभचिन्तकहरुले नेपाली खाना हाम्रो गौरव, नेपाली खानामा नेपाली उत्पादन प्रयोग गरौं, नेपाली पोशाक हाम्रो पहिचान, म नेपाली खाना मन पराउँछु, म नेपाली उत्पादन प्रयोग गर्छु जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर पञ्चेबाजा सहित तानसेन बजार परिक्रमा गरेकाे सथयाे ।

पौवाको पाल्पा सहित रुपन्देहीको बुटवल र भैरहवा, कपिलवस्तु, दाङको घोराही, लमही र भालुवांङ, गुल्मी, सुदुरपश्चिमको धनगढी, कर्णाली प्रदेशको जुम्ला र गण्डकी प्रदेशको पोखरामा शाखा सञ्चालनमा छन् । पौवाको १२ औं शाखाका रुपमा काठमाडौंको गौशालामा खोल्ने तयारी पूरा भएको होटलका अध्यक्ष दुर्गा भण्डारीले जानकारी दिए । दश वर्षमा एक सय शाखा स्थापनाको अभियानमा संस्था अगाडि बढी रहेको होटेलले जनाएको छ ।

सम्बन्धित खवर