पाल्पा । पाल्पाको तानसेनमा परियार समाज गुठीकोे स्वर्ण महोत्सव हुने भएको छ । आगामी चैत २८ र २९ गते तानसेनमा हुने परियार समुदायको महोत्सवमा देशभरबाट झण्डै पाँच सय परियार समुदायका अगुवाहरु सहभागी हुने आयोजकले जनाएको छ । परियार समुदायको हक अधिकारका विषयमा महोत्सवमा छलफल हुने महोत्सव मूल आयोजक समितिका अध्यक्ष तीर्थ प्रसाद गौतमले जानकारी दिए ।
महोत्सवको पहिलो दिन पाल्पाको ऐतिहासिक श्रीनगरडाडामा विहान गुठी पुजा र दोस्रो दिन साँस्कृतिक झाँकी सहित प्रभात फेरी, विभिन्न विधामा उल्लेखिय योग्दान गरेका राष्ट्रिय स्तरका व्यक्तित्वलाई सम्मान, परियार समुदायको उन्नतिका लागि अन्तरक्रिया, घोषणापत्र जारी गर्दै महोत्सव सम्पन्न गर्ने योजना रहेको महोत्सव मूल आयोजनक समितिका अध्यक्ष गौतमले बताए ।
महोत्सव सम्पन्न गर्नका लागि परियार समाज गुठीका अध्यक्ष तीर्थ प्रसाद गौतमको संयोकत्वमा एक सय १ सदस्यीय स्वर्ण महोसत्व मूल आयोजक समिति गठन भएको छ । त्यसैगरी प्रतिवेदन लेखन उपसमिति, अतिथि सत्कार उपसमिति, मञ्च व्यवस्थापन उपसमिति, आर्थिक व्यवस्थापन उपसमिति, खाना तथा आवास उपसमिति, प्रचारप्रसार तथा निमन्त्रण उपसमिति, स्वयसेवक उपसमिति, प्राथमिक उपचार तथा स्वास्थ्य सेवा उपसमिति, साँस्कृतिक उप समिति गठन गरिएको छ ।
प्रतिवेदन लेखन समितिको संयोजकमा तीर्थ प्रसाद गौतम, सदस्यहरुमा सूजन कार्की, विनोद बुढाथोकी, सूर्य प्रकाश दर्नाल, तारा बहादुर गौतम, अन्नद प्रसाद बुढाथोकी, सभिता परियार, कृष्ण दर्नाल रहेका छन् । आर्थिक उपसमितिको संयोजकमा दीपक रणपाल, सदस्यहरुमा सरजू गौतम, विष्णु गौतम, मधुसुधन छिनाल, शिव प्रकाश दर्नाल, मन्जु रणपाल, शान्ति गौतम, सावित्री गौतम, इन्दु कोइराला, तुल्सी रणपाल, शम्भु रणपाल रहेका छन् ।
त्यसैगरी प्रचारप्रसार उपसमितिको संयोजकमा सुजन कार्की, सदस्यहरुमा सविन रणपाल, विक्रम बुढाथोकी, धमेन्द्र भित्रीकोटी, सूमित बुढाथोकी, तुलसी रणपाल, कृष्ण दर्नाल रहेको आयोजकले जनाएको छ । मञ्च व्यवस्थापन उपसमितिको संयोजकमा श्रमण कुमार गोतामे, सदस्यहरुमा राजेश परियार, राहुल गौतम, विकास दर्नाल, विष्णु भित्रीकोटी, राजु गौतम, किरण कार्की, सोलमी बुढाथोकी, तुलसी दर्नाल रहनुभएको प्रचारप्रसार उपसमितिको संयोजकमा सुजन कार्कीले जानकारी दिए ।
अतिथि सत्कार उपसमितिको संयोजकमा विष्णु गौतम, सदस्यहरुमा सुस्मा गौतम, सावित्री गौतम, सुनिता रेग्मी, कविता गौतम, उषा गौतम, दीपा रणपाल, सन्तोषी गौतम, दुर्गा भित्रीकोटी रहेका छन् । त्यसैगरी सम्मान उपसमितिको संयोजकमा विनोद प्रसाद बुढाथोकी, सदस्यहरुमा घनश्याम दर्नाल, सोविन गौतम, सावित्री कोइराला, विजय बुढाथोकी, इन्द्रजित दर्नाल, आशिष रणपाल रहेको आयोजकको भनाइ छ ।
खाद्य तथा आवास उपसमितिको संयोजकमा धुव्र कार्की, सदस्यहरुमा सुनिल बुढाथोकी, सरजु गौतम, नवीन रणपाल, हेमकुमारी कार्की, दीपा कार्की, तुल्सी दर्नाल, कविता गौतम, मनोज कार्की, गोविन्द रणपाल रहेका छन् । त्यसैगरी साँस्कृतिक तथा मनोरञ्जन उपसमितिको संयोजक सन्जु दर्नाल, सदस्यहरुमा धुव्र रणपाल, सुनिल बुढाथोकी, निरकुमार बुढाथोकी, विवेक गौतम, दुर्गा गौतम, मनोज गोतामे, सविन गौतम रहेका छन् । त्यसैगरी स्वयम सेवक उपसमितिको संयोजकमा सवित्र रणपाल, राकेश गौतम, विकास रणपाल, विधान बुढाथोकी, सुसान गौतम, विराज दर्नाल, विवेक गौतम, कृष्ण गौतम, कमल दर्नाल लगायतका व्यक्तिहरु रहेका छन् ।
प्राथमिक उपचार तथा स्वास्थय उपसमितिको संयोजक शम्भु रणपाल, सदस्यहरुमा पार्वती गौतम, दुर्गा गौतम, कल्पना गौतम, शिव प्रकाश दर्नाल, सुजन कार्की, सविन रणपाल, सालु बुढाथोकी रहेको आयोजकले जनाएको छ ।
ताजा समाचार
लोकप्रिय
© 2025 Copyright karuwanews.com | All rights reserved
Developed By: Namuna Computer