
पाल्पा । निस्दी गाउँपालिले चैत्र २६ आइतबार सार्वजनिक सुनुवाइ गर्ने भएको छ ।
गाउँपालिकाले दोस्रो चौमासिकमा सम्पादन गरेको योजना तथा कार्यक्रम र गाउँपालिकाको सेवा प्रवाहका विषयमा सार्वजनिक सुनुवाइ गर्ने भएको हो ।
प्रमुख प्रशासकीय अधिकृत ध्रुव दयालले एक सूचना प्रकाशन गरी गाउँपालिकाको आयोजना हुने सेवा प्रवाहको विषयमा हुने सार्वजनिक सुनुवाइमा उपस्थिति हुन सबैलाई आग्रह गरिएको छ । सार्वजनिक सुनुवाइले सेवा प्रवाहमा भएका कमिकमजोरी बारे सुझाव प्राप्त हुने र सेवाग्राहीलाई प्रभावकारी सेवा उपलब्ध गराउन सहज हुने प्रमुख प्रशाकसीय अधिकृत दयालको भनाइ रहेको छ ।
कार्यक्रममा आर्थिक वर्ष २०७९/८० मा गाउँपालिकाले गरेका योजना तथा कार्यक्रम बारे सम्बन्धित सबैलाई जानकारी हुने सूचना अधिकारी अर्जुन खनालले बताए ।
सार्वजनिक सुनुवाइ कार्यक्रम गाउँपालिकाको बहुउद्देश्यीय हल बसेनीमा सन्चालन गर्ने तयारी रहेको गाउँपालिकाले जनाएको छ ।