
विजयकुमार बौडेल
पाल्पा । प्रेस चौतारी नेपालका केन्द्रीय महासचिव हिरामान लामाले लेखा व्यवस्थापन तालिमले अर्थराजीतिमा महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् । उनले हरेक पत्रकार आर्थिक रुपमा सवल, पारदर्शी र व्यवस्थित हुन सकेमात्र सम्वृद्ध राज्य निर्माणमा योगदान गर्न सकिने बताएका हुन् । महासचिव लामाले प्रेस चौतारी नेपालको आयोजना,लुम्बिनी प्रदेश कमिटीको समन्वय र होटल पौवासंगको सहकार्यमा तानसेनमा आयोजित प्रदेशस्तरीय लेखा व्यवस्थापन तालिममा यस्तो बताएका हुन् । उनले नेकपा एमालेको दुई महिने पार्टी सुदृढीकरण तथा विस्तार अभियान ( मिसन ग्रास रुट) अभियानसंग चौतारीले पनि आफ्नो संगठनको सुदृढीकरण र विस्तार अभियानलाई तीव्रता दिएको बताए । महासचिव लामाले यसका साथै व्यवसायिक पत्रकारिताको क्षमता वृद्धि र हरेक चौतारी सम्वद्ध पत्रकारहरुको सैदान्तिक राजनीतिक विचारमा अब्बल बनाउनेगरी योजना अगाडि बढेको समेत बताए ।
प्रेस चौतारी नेपालका केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज प्रदीप आचार्यले सधै पारदर्शीता र जवाफदेहिताको कुरा गर्ने पत्रकारहरु हरेक हिसावले व्यवस्थित हुनुपर्ने बताए । उनेले मूलुक परिर्वतनमा महत्वपूर्ण भूमिका खेलेको संगठन चौतारी भएकोले पनि अन्य संगठनले सिक्ने गरी काम गर्नुपर्नेमा जोड दिए ।
केन्द्रीय सदस्य तथा प्रदेश सहइन्चार्ज रुद्र सुवेदीले अरुलाई प्रश्न गर्ने हामी पत्रकार हरेक कुरामा चुस्द दुरुस्त हुनुपर्ने बताए । जसलाई यो तालिममा सिकेका कुराले सहज गराउने विश्वास व्यक्त गरे ।
तालिम समापन समारोहमा प्रदेश अध्यक्ष शोभाखर पन्थीले अधिंकांश संगठनको आर्थिक व्यवस्थापनको पाटो कमजोर देखिएकोले तालिम आयोजना गर्नुपरेको बताए । उनले संगठन व्यवस्थित हुनका लागि आर्थिक पारदर्शीता अति आवश्यक पक्ष भएकोले यसलाई प्राथमिकता दिएको बताए ।
प्रदेश महासचिव निरु गौतमले राजनीतिक पार्टी र भातृ संगठनमा मौखिक हिसाव किताव भएपनि व्यवस्थित लेखा प्रणाली नभएकोले अवस्थामा अरुलाई पनि सकाई हुनेगरी तालिम भएको बताइन् । प्रगतिशील श्रमजीवी पत्रकारहरुलाई उच्च प्राथमिकतामा राखेर काम गर्दै आएको समेत बताइन् ।
चैत्र १० र ११ गते सम्म सञ्चालन भएको तालिममा आधारभूत लेखा व्यवस्थापनका विषयमा जानकारी गराइएएको थियो । लुम्बिनी प्रदेशका ११ जिल्ला र प्रदेश कमिटीका २५ जना पदाधिकारीहरुको सहभागिता रहेको तालिममा लेखाको परिचय, लेखाको इतिहास, अवधारणा र सिद्धान्त ,लेखा प्रणाली, कार्यालय व्यवस्थापन, लेखापरीक्षण र बेरुजु, आर्थिक प्रतिवेदन तयार विधी, कोष निर्माण विधीका साथै स्थानीय र प्रदेश मामिलामा गरिने रिपोटिंङ, पार्टी निर्माण र समाजवादको आधार निर्माणमा प्रेस चौतारीको कार्यभारलगायतका विषयमा दिवाकर अर्याल, डा.रामबहादुर राउत, हिरामान लाम, गुराँस आत्रेय, किरण कौशलले सहजीकरण गरेका थिए ।
तालिममा सहभागीहरुले आर्थिक व्यवस्थापन पक्ष राम्रो हुनुपर्ने थाहा भएपनि ज्ञान,सीपको अभावमा समस्या रहेको भएपनि अवका दिनमा संगठनको कोष व्यवस्थित गर्न सकिने बताए । उनीहरुले विषयगत रुपमा पत्रकारिताको तालिम लिएर काम गरेपनि आर्थिक पत्रकारितासंग जोडिएको लेखा तालिम लिन पाउँदा व्यक्तिगत जीवनमा पनि योजना निर्माणमा सहज भएको बताए । तालिममा सहभागी कपिलवस्तु जिल्ला कोषाध्यक्ष गिता अर्यालले संगठनमा क्रियाशील भएको लामो समय भएपनि यस्तो प्रकारको तालिम पहिलो पटक दिन पाउँदा खुसी लागेको बताइन् ।
रुपन्देही जिल्ला अध्यक्ष लक्ष्मण पौडेलले संगठनको कार्यक्रमका लागि आर्थिक संकलन गरेपनि हिसाव किताव राख्ने प्रचलन नभएको बताए । उनले कार्यक्रम संगै आर्थिक पनि सकिने भएकोले यसतर्फ ध्यान नदिएको बताए । तालिमले प्राप्त भएको रकम र खर्चको लेखा व्यवस्थित रुपमा लामो समयसम्म राख्दा फाईदा हुने बुझेको बताए । तालिमम समापनमा सहभागीहरुलाई केन्द्रीय सदस्य तथा प्रदेश सहइन्चार्ज कमलराज तिमिल्सेनाले धन्यवाद ज्ञापन गरे । कार्यक्रम प्रेस चौतारी पाल्पाका सचिव नारायण न्यौपानेको संचालन तथा कृष्ण कार्कीको अध्यक्षतामा भएको हो ।