एमाले अध्यक्ष ओली पाल्पा आउने

पाल्पा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली पाल्पाको तानसेन आउने भएका छन् ।

पूर्व प्रधानमन्त्री  समेत रहेका एमाले अध्यक्ष ओली पार्टीले सञ्चालन गरेको दुई महिने पार्टी सुदृढीकरण तथा विस्तारित अभियान (मिसन ग्रासरूट) अभियानको पाल्पा जिल्लास्तरीय अगुवा कार्यकर्ताभेलालाई सम्बोधन गर्न चैत्र १४ गते तानसेन ९, दमकडामा आउने भएका हुन् ।

सो कार्यक्रमको व्यवस्थापनको तयारी तीव्र रुपमा भएको एमाले पाल्पाले जनाएको छ । करिव दुई हजार पाँच सय अगुवा कार्यकर्ता र अन्य शुभेच्छुक गरी करिव ८ हजार सहभागी गराउने योजना अनुसार काम आगडि बढेको छ । सभालाई व्यवस्थित गराउनका लागि आवश्यक कार्यसम्पादन गर्न जिल्ला कमिटी अध्यक्ष धनेन्द्रराज घिमिरेको नेतृत्वमा जिल्ला कमिटी सचिव भोजराज पोखरेल(रामजी), कार्यालय सचिव दीपक विश्वकर्मा र तानसेन नगर कमिटीका अध्यक्ष गुराँस आत्रेय रहेको तयारी समितिले काम गरेकाे एमाले तानसेन नगरकमिटी अध्यक्ष आत्रेयले जानकारी दिए ।

वडा नं. ९ दमकडाको खेलमैदानमा हुने सभाको व्यवस्थापनको सम्पूर्ण तयारी वडा कमिटीले गर्ने छ । कार्यक्रममा सहभागीहरुको बसाइँ व्यवस्थापनका लागि टेन्ट, कार्यक्रम स्थलको मञ्चलगायतको काम वडा कमिटीले गर्ने छ । अहिले कार्यकर्तालाई खवर र प्रचार गर्ने काम भएको कार्यालय सचिव दीपक विश्वकर्माले बताए । उनले कार्यक्रममा सहभागीहुन सबैलाइ निमन्त्रणा गरेका छन् ।

अध्यक्ष ओली १४ गते विहान गुल्मीको तम्घासबाट पाल्पाको तानसेन आउने र करिव साढे १२ बजे अगुवा कार्यकर्तालाई सम्बोधन गर्ने कार्यक्रम रहेको जिल्ला अध्यक्ष धनेन्द्रराज घिमिरेले जानकारी दिए । उनका अनुसार सम्बोधनपछि पार्टी जिल्ला नेताहरुसंग पाल्पाको अवस्था बारे जानकारी दिने कार्यक्रम पनि रहेको बताए । अध्यक्ष ओलीको १४ गते साँझको बसाई तानसेनमै हुने सचिवालयले जनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय