
दयाराज न्यौपाने
पाल्पा । विपद् जोखिम न्यूनीकरण सम्बन्धी वडा स्तरीय एक दिने अभिमुखिकरण कार्यक्रम बराङ्दीमा सम्पन्न भएको छ । बगनासकाली गाउँपालिकाको समन्वयमा कारितास नेपालले कार्यक्रम संचालन गरेको हो ।
कोभिड १९ आपतकालिन प्रतिकार्य तथा पुनर्लाभ परियोजना अन्र्तगत समुदायमा हुने विभिन्न प्रकारका विपदको जोखिमबाट सुरक्षित गर्न बगनासकाली गाउँपालिका ८ बराङ्दी सहित बगनासकालीका ४ वटा वडामा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको कारितास नेपालका डि.आर.आर अफिसर प्रकाश पाण्डेले जानकारी दिए ।
कार्यक्रममा विपद सम्बन्धी एक दिने अभिमुखिकरणमा विभिन्न किसिमको विपद न्यूनीकरणको लागि गर्नु पर्ने पूर्व तयारी तथा सचेतना र अभ्यास, प्राथमिक उपचारलगायतका विषयमा समुदायका व्यक्तिहरुलाइ पूर्व तयारी र विपद् पश्चातको सावधानी सम्बन्धी क्षमता विकासमा सहयोग पुग्ने गरी योजना निर्माण गरी काम गर्ने योजना बनाएको वडाध्यक्ष मोतिलाल बस्यालले जानकारी दिए ।
कार्यक्रममा नेकपा एमालेका वडा कमिटी अध्यक्ष बिमला बस्याल , नेपाली कांग्रेसका सभापति गणेश प्रसाद बस्याल , रास्ट्रिय स्वतन्त्र पार्टी बगनासकाली कमिटीका अध्यक्ष रबिन्द्र घिमिरे , वडा सचिव नारायणप्रसाद आचार्य, टोल विकास समितिका संयोजक युवराज गैरेलगायतले विपद् र जोखिमलगायतका विषयमा समुदाय , टोल र व्यक्तिमा सचेतता फैलाउन अनिवार्य रहेको कुरामा जोड दिए ।
बगनासकाली गाउँपालिकाका ८ बराङ्दीका राजनैतिक दलका प्रतिनिधि, जनप्रतिनिधि , टोल विकास समितिका पदाधिकारी , पत्रकार , समाजसेवीलगायतको सहभागिता रहेको कार्यक्रममा विपद , महामारी जोखिम, जोखिम न्यूनीकरणका विषयमा कारितास नेपालका डि.आर.आर अफिसर पाण्डे र इन्जिनियर कबिराज भट्टले सहजीकरण गरेका थिए ।