तानसेनमा युवा सहकारीको कारोबार सुरु

पाल्पा । कृषिकले उत्पादन गरेको कृषि उपजको मूल्य कृषकै सहभागितामा निर्धारण गरेर विक्री वितरण गर्नेगरी तानसेनमा नयाँ सहकारी संस्थाले कारोबार सुरु गरेको छ । अहिले कृषकको उत्पादनमा विचौलिया व्यपारीहरुको कारण आफ्नो उत्पादनको मूल्य आफै राख्ने अवस्था छैन । व्यवसायिक रुपमा कृषिकर्ममा लागेका युवाहरुले सहकारी संस्था मार्फत कारोवार सुरु गरेका छन । तानसेनका ५५ जना कृषि तथा पशुपालन क्षेत्रमा सक्रिय रहेका युवाहरुको सहभागितामा तानसेन युवा उद्यमशील बहुृउद्देश्यिय सहकारी संस्था लिमिटेड गठन गरी कारोवार सुरु गरेका हुन ।

विचौलिया र दैनिक रुपमा ठूलो संख्यामा युवा विदेश पलायन हुने अवस्थाको अन्त्य गर्न सहकारीले काम गर्ने संस्थापकहरुको भनाइ रहेको छ । युवाहरुको आवश्यकता अनुसार कृषि पशुपालन क्षेत्रमा कर्जा सहयोग गरेर प्रत्येक युवाहरुलाई उधमी बनाउने, जीविकोपार्जनमा सुधार गर्दै मर्यादित पेशा व्यवसाय संचालन गराउने अभियानका साथ युवा केन्द्रित सहकारीबाट कारोबार सुरु गरिएको संस्थाका अध्यक्ष केशव रानाभाटले जानकारी दिए ।

सहकारीले कृषि र पशुपालन क्षेत्रमा केन्द्रित रहदै आफै उत्पादन, आफै विक्री वितरण, आफै नाफा आर्जन, आफ्नै काम आफ्नै दाम भन्ने मुल अभियानाका साथ विचौलिया विहिन कारोबार गर्ने उद्देश्य लिएको अध्यक्ष रानाभाटको भनाइ छ । उनका अनुसार सहकारीले मुख्य रुपमा कृषि पशुपालनको काम लाई पहिलो प्राथमिकतामा राखेको बताए ।

कृषि पेशामा रहेका युवाहरुको बचत तथा लगानी, कृषि पशु पेशाको लागि चाहिने मल विउ, विजन तथा खाद्यान्यको व्यवस्था, पशुबीमा तथा प्राविधिक सेवा, पशु दाना, पानी तथा उन्नत जातकोे घास रोपण, व्यवसाय प्रवद्र्धनको लागि तालिम तथा शिक्षा कार्यक्रमहरुमा संस्थाले सहजीकरण गर्ने छ ।

सहकारीको प्रथम साधारण सभामा तानसेन नगरपालिकाका निवर्तमान नगर प्रमुख अशोक कुमार शाहीले युवाहरुलाई स्वदेशमै रहने वातावरण बनाउनका लागि सीप, पुँजीको सहज व्यवस्थापन गर्नुपर्ने बताए । उनले आर्थिक रुपमा नगरलाई बलियो बनाउनका लागि युवालाई उद्यमी बनाउनुपर्नेमा जोड दिए ।

तानसेन नगरपालिकाका बरिष्ट कार्यक्रम अधिकृत एवं सहकारी प्रमुख दुर्गा बहादुर थापाले तानसेनमा सहकारी गठन भईसकेपछि कोकोपिस प्रणालीमा आधारित भएर काम गर्नुपर्ने बताए । तानसेनमा केही सहकारीले नाम बहुउद्देश्यीय राख्ने तर काम बचत तथा ऋणको मात्र गर्दै आएको बताउदै त्यस्ता संस्थाहरुलाई कारवाहीको दायरामा ल्याउने तयारी भैरहेको तानसेन नगरपालिकाका सहकारी प्रमुख थापाले बताए । युवा सहकारीले कृिष क्षेत्रका विचौलिया हटाउने अभियानामा सक्रिय भूमिका निर्वाह गर्न आवश्यक सहयोग तानसेन नगरपालिकाले गर्ने थापाले प्रतिबद्धता व्यक्त गरे ।

ग्रामीण आर्थिक विकास संघ (रेडा)का कार्यकारी निर्देशक लिलाबहादुर कार्कीले युवाहरुलाई उद्यमी बनाउने अभियान अन्तरगत युवा सहकारी गठन गरी काम सुरु गरिएको बताए । विचौलियाको कारण कृषकले सस्तोमा कृषि उपज विक्री गर्नुपर्ने र उपभोक्ताले महंगो मूल्यमा किन्नु पर्ने बाध्यताको अन्त्यका लागि सहकारीले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

सम्बन्धित खवर