सूर्यज्योतिको मृत्युदावी भूक्तानी

किसन पोखरेल

पाल्पा।सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमितको परिवारलाई मृत्यु दाबीवापतको रकम भुक्तानी गरेको छ ।

कम्पनीमा वैदेशिक रोजगार (म्यादी) जीवन बीमा गराएका तनहुँ घिरिङ गाउँपालिका–२, का स्व. गोपाल नेपाली को धर्मपत्नी निर्मला सार्कीलाई १३ लाख रुपैयाँ बीमा दाबी भुक्तानी गरेको हो ।

शुक्रबार एक कार्यक्रमका बीच कम्पनीका तानसेन शाखाका शाखा प्रबन्धक पारसमणी पोखरेल तथा शेल्स एक्जुकेटिभ नवराज शर्माले स्व.नेपालीकी धर्मपत्नी सार्कीलाई चेक हस्तान्तरण गरेका हुन् ।

२ वर्ष ६ महिना अवधिको वैदेशिक रोजगार (म्यादी) जीवन बीमा गरेका गोपाल नेपालीको गत माघ १४ गते निधन भएको थियो । शाखा प्रबन्धक पोखरेलले बीमाले विषम परिस्थितिमा सहयोग गर्ने बताए । उनले बीमितका परिवारलाई केही भए पनि आर्थिक राहत पुग्ने बताए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय