पाल्पा व्यापार संघको पदस्थापना कार्यक्रम

पाल्पा । पाल्पा व्यापार संघ पाल्पाको सपथ ग्रहण तथा पदस्थापना कार्यक्रम सम्पन्न भएको छ । संघको गएको पौष ३० गते सम्पन तेस्रो अधिवेशनबाट सर्वसम्मत रुपमा निर्वाचित कार्यसमितिको पदस्थापन कार्यक्रम भएको हो ।

कार्यक्रकामा प्रमुख अतिथि लुम्बिनी चेम्बर अफ कर्मसका महासचिव झविन्द्र कंडेलले नवनिर्वाचित कार्र्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे । उनले आफ्नो पदिय जिम्मेवारी इमान्दारीताका साथ पूरा गर्न आग्रह गरे । महासचिव कंडेलले समग्र व्यापारीहरुको हकहित र संरक्षणका लागि संघ क्रियाशील हुनुपर्नेमा जोड दिए । उनले अझै पनि सरकारी काममा उद्योगी व्यापारीहरुलाई दुख दिने प्रचलन यथावत रहेकोले यसको अन्त्यका लागि सबै एकजुट भएर अगाडि बढ्न्पर्ने बताए ।

कार्यक्रममा जिल्ला समन्वय समिति उपप्रमुख काशिका गैरेले संघको नयाँ नेतृत्व उद्देश्य बमोजिमका कामहरु योजनाबद्ध रुपमा अगाडि बढाउन सफल रहने विश्वास व्यक्त गरिन् । उनले संघलाई जिल्ला समन्वय समितिमा आबद्ध हुन आग्रह गरिन् ।

तानसेन नगरपालिकाका प्रवक्ता यादव सिहं कार्कीले नगरपालिका स्थानीय उद्योगी, व्यापारीहरुको हित केन्द्रीत गतिविधिलाई प्राथमिकतामा राखेर काम गरेको बताए । उनले तानसेनको पर्यटन विकासका सबैको भूमिका महत्वपूर्ण हुने बताउदै राम्रो योजनामा सहकार्य गर्न सकिने बताए ।

पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भटराईले व्यापार संघको नयाँ नेतृत्वसंग एकजुट भएर समन्वय र सहकार्यमा काम गरिने बताए । उनले पछिल्लो समय उद्योगी , व्यवसायीहरुलाई बैक तथा वित्तिय संस्था र सरकारले मर्कामा पारेको बताए । अध्यक्ष भटराईले सरकार व्यवसायी मैत्री नभएको गुनासो गरे । उनले पाल्पामा लगानी गरेर काम गर्ने वातावरण समेत नभएकोले यसतर्फ सबै गम्भीर हुनुपर्ने बताए । व्यवसायी पलायन भएको हेरेर बस्नेभन्दा पनि उनीहरुलाई टिक्ने वातावरण निर्माणका लागि संघ सक्रियहुनुपर्ने बताए ।

संघका निर्वतमान अध्यक्ष चिरञ्जीवी पोखरेल संघलाई स्थापना समयदेखि हालसम्म ल्याउनका लागि सहयोग गर्ने सबैप्रति हार्दिक धन्यवाद प्रकट गरे । उनले संघ सधैभरी व्यापारीको भलाईका लागि क्रियाशील हुने बताउदै सहमती भन्दा बाहिरबाट स्थानीय सरकारले गर्ने जुनसुकै निर्णयका विरुद्ध आन्दोलन गरिने बताए ।

कार्यक्रममा नवनिर्वाचिन समितिका पदाधिकारी तथा सदस्यहरुलाई सपथ ग्रहण गराउनुका साथै प्रमाण पत्र निवार्चन समितिका अध्यक्ष नारायण ज्ञवाली र सदस्य कमलराज तिमिल्सेनाले वितरण गरे । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष वामदेव बस्यालले सबैको सल्लाह सुझावलाई आत्मसाथ गरेर समदर्शी रुपमा काम गर्ने बताए । यसका साथै उद्योगी,व्यापरीको आवश्गकता अनुसार गतिविधि गर्ने र संघको आफ्नै भवन निर्माणका लागि आवश्यक जग्गा व्यवस्थापन तथा भवन निर्माणको काममा सक्रिय रहने बताए ।

व्यापार संघको तेस्रो कार्यकालका लागि पौष ३० गते सम्पन अधिवेशनले वामदेव बस्यालको नेतृत्वमा २७ सदस्यीय कार्यसमिति चयन गरेको थियो । जसको प्रथम उपाध्यक्षमा विष्णुबहादुर कार्की, द्धितिय उपाध्यक्षमा पशुपति बस्याल, सचिवमा बालकृष्ण भण्डारी र कोषाध्यक्षमा कपिलकृष्ण कार्की रहेका छन् ।

सम्बन्धित खवर