नेपाल मगर संघ रामपुरको दोस्रो अधिवेशन

सुशीला रेग्मी

पाल्पा । नेपाल मगर संघ रामपुर नगर समितिको दोस्रो अधिवेशन तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । संघले शनिवार एक कार्यक्रम गरी अधिवेशन संगै रामपुर नगरपालिकामा निर्वाचित मगर समुदायका जनप्रतिनिधिहरुलाई सम्मान समेत  गरेको हो ।

नेपाल मगर संघ रामपुर नगर समितिका अध्यक्ष थर्कबहादुर रानाको अध्यक्षतामा भएको अधिवेशन रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले उद्घाटन गर्दै समुदायभित्र रहेका भाषा र संस्कृति हाम्रो मौलिक सम्पदा रहेको बताए । उनले यसको संरक्षण र सम्वद्र्धनका लागि एकजुट भएर लाग्नुपर्नेमा जोड दिए । नगरप्रमुख थापाले रामपुर नगरपालिकाले मगर समुदाय संगै अन्य समुदायको संस्कृतिको रक्षा गर्न आवश्यक सहयोग गर्न पहल गर्दै आएको बताए ।

नगर उपप्रमुख बालकुमारी थापाले समुदायको आर्थिक तथा सामाजिक विकासमा प्रतिबद्ध भएर लागेको बताइन् । कार्यक्रममा नेपाल मगर संघका केन्द्रिय सदस्य क्याप्टेन धनबहादुर राना, रामपुर नगरपालिका वडा नं ९ का वडाध्यक्ष दिलबहादुर राना, नेपाल मगर संघ रामपुरका सल्लाहकार संयोजक बोमबहादुर थापा, एकीकृत मगर उत्थान समाजका सल्लाहकार संयोजक रामबहादुर हिस्की थापा, नेपाल मगर संघका सल्लाहकार भोगबहादुर चिदी, नेपाल मगर संघ रामपुर २ का अध्यक्ष देवबहादुर राना, नेपाल मगर संघ रामपुर ३ का अध्यक्ष दानबहादुर राना, एकिकृत मगर उत्थान समाज रामपुरका पूर्व सहसचिव सुनिता राना र समाजका सल्लाहाकार मञ्जु देवी रानाले मगर समुदायको उत्थान संगै संस्कृतिको संरक्षणमा थप सक्रियता आवश्यक रहेको बताए । एकीकृत मगर उत्थान समाजका अध्यक्ष एवम् संघका सदस्य क्याप्टेन देवबहादुर थापा मश्राङ्गीको स्वागतबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव रामबहादुर रानाले गरेका थिए ।

सम्बन्धित खवर