पाल्पा/ माथागढी गाउँपालिकाले नागरिकहरुको सेवामा सहज पहुँच वृद्धिका लागि उच्च प्राथमिकता दिएर काम गरेको जनाएको छ । भौगोलिक विकटताले गर्दा वडाबाट सेवा प्राप्त गर्नका लागि भोग्नु परेको सास्ती कम गर्न घुम्ती सेवा वडा कार्यालयको सुरुवात गरेको गाउँपालिका अध्यक्ष यमबहादुर चिदीले बताए । उनले विकट भुगोलका कारण वडा कार्यालयमा सेवा लिन आउन र जान आर्थिक रुपमा खर्चिलो हुनुका साथै समय पनि बढी लाग्ने भएकोले नागरिकको सुविधाका लागि माथागढीको वडा नं. ४ को देउगिरमा घुम्ती वडा कार्यालय शुभारम्भ गरिएको जानकारी दिए ।
माथागढी वडा नं. ४ को वडा कार्यालय अहिले गाउँपालिकाको केन्द्र झडेवामा रहेको छ । जहाँबाट दैनिक सेवा प्रवाह गर्दा वडाका पुग्दी, ज्यामिरे, मकलेलगायतका करिब २५ सय जनसंख्या भएको क्षेत्रका नागरिले भोग्नु परेको समस्याको अन्त्यका लागि सेवा सुर गरिएको वडाध्यक्ष शंकर दर्लामीले बताए । उनले २०७४ सालमा निर्वाचित जनप्रतिनिधिहरुलाई यस भेगका नागरिकले पटक पटक सेवा ञ्चालनका लागि आग्रह गरेपनि वडावासीको मागलाई वेवास्ता गरेको पाइएकोले आफू निर्वाचित भएपछि काम गनेर् प्रतिवद्धता अनुसार देउगिरबाट सेवा दिन थालेको बताए ।
अब झडेवामा पाएक नपनेर् माथागढी गाउँपालीकाको वडा नं. ४ का वडावासीले देउगिरको सेवा कार्यालयबाट सेवा लिन सक्ने भएका छन् । गएको फागुनको ४ गतेबाट घुम्ती सेवा कार्यालय सञ्चालनमा आएको वडाध्यक्ष दर्लामीले बताए । हरेक हप्ताको २ दिन बिहीबार र शुक्रबार यो कार्यालयबाट सेवाग्राहीले सेवा पाउने छन् । कार्यालयबाट घटना दर्ता बाहेकका सेवा उपलब्ध हुने सूचना अधिकारी नित्यानन्द खनालले जानकारी दिए ।
यस सेवा कार्यालयबाट विशेष गरी साविकको झडेवा वडा न।४ र ५ का नागरिक लाभान्वित हुने वडा न।४ का वडा सचिव दिपमाया पुनले बताइन् । यस चालु आर्थिक वर्षमा यस वडामा साना ठूला योजना गरी कूल ५३ वटा योजना छन् । यसको कार्यान्वयनका लागि काम तीव्र रुपमा भएको वडा कार्यालयले जनाएको छ । यस वडाको कूल जनसंख्या ४५ सय १३ रहेका छ ।