तेक्वान्दोको छनौट खेल सम्पन्न

पाल्पा । जिल्ला स्तरीय १४ औं राष्ट्रपति रनिङ्ग शिल्ड छनोट प्रतियोगितामा आई.टि.एफ तेक्वान्दोको छनौट खेल सम्पन्न भएको छ । जिल्ला सदरमुकाम छाडेर पहिलो पटक माथागढी गाउँपालिका वडा नं. ३ कसेनीको सराई, खेलमैदानमा आयोजना गरिएको प्रतियोगिता मंगलबार सम्म चल्ने जिल्ला खेलकुद विकास समितिका कार्यवाहक अध्यक्ष दीपक घिमिरेले जानकारी दिए ।

माथागढी गाउँपालिकाको सहकार्यमा जिल्ला खेलकुद विकास समिति पाल्पाले आयोजना गरेको प्रतियोगितामा पाल्पाका दश स्थानीय तहका एक सय बढी खेलाडीहरुको सहभागी रहेका थिए । आई.टि.एफ तेक्वान्दोको छनौट प्रतियोगितामा ३५–४० के.जी. तौलसमूहमा महिला एकल स्पायरिङ्गतर्फ माथागढी गाउँपालिकाकी कन्चन गाहा प्रथम, तानसेन नगरपालिकाकी अनिसा थापा दोस्रो र रैनादेवी छहरा गाउँपालिकाकी एन्जल बगाले र रामपुर नगरपालिकाकी लेनीम गाहा तेस्रो भएक छन् ।

त्यसैगरी महिला ४१–४५ तौलसमूहमा पूर्वखोला गाउँपालिकाकी एलिसा घर्तिमगर प्रथम, रम्भा गाउँपालिकाकी प्रशंसा पाठक दोस्रो, माथागढी गाउँपालिकाकी तामांना घर्तिमगर र तानसेन नगरपालिकाकी आरमित्मा मल्ल तेस्रो भएका छन् ।

महिला ४६–५० तौलसमूहमा तानसेन नगरपालिकाकी गोमा राना प्रथम, पूर्वखोला गाउँपालिकाकी महिमा बारघरे दोस्रो, माथागढी गाउँपालिकाकी दिपिका थापा र रम्भा गाउँपालिकाकी शृष्ति सुर्यबंशी तेस्रो भएका छन् ।

त्यसैगरी पुरुष एकल स्पायरिङ्ग तर्फ ३६–४० तौलसमूहमा बगनासकालीका युबिन राना प्रथम, तानसेन नगरपालिकाको रमित पुन मगर दोस्रो, पूर्वखोला गाउँपालिकाको विजय पुन र रैनादेबी गाउँपालिकाको सुलब राना तेस्रो भएका छन् ।

४१–४५ तौलसमूहमा तानसेन नगरपालिकाको रजन रेग्मी प्रथम, रम्भा गाउँपालिकाको रिमो सिङ्गजाली दोस्रो, रैनादेबी गाउँपालिकाको सुदर्शन रेग्मी र पूर्वखोला गाउँपालिकाको प्रेम सिंह सिङ्गजाली तेस्रो भएका छन् ।

त्यस्तै ४६–५० तौलसमूहमा पूर्वखोला गाउँपालिकाको प्रविन झेदी प्रथम, रिब्दीकोट गाउँपालिकाको भुमबिर गाहा, रम्भा गाउँपालिकाको नर्जन सिङ्गजाली र रामपुर नगरपालिकाको लालपति थापा तेस्रो भएको पाल्पा जिल्ला आई.टि.एफ. तेक्वान्दो संघका अध्यक्ष निर बहादुर सारुले जानकारी दिए ।

यस प्रतियोगितामा प्रथम हुने खेलाडीहरु लुम्बिनी प्रदेश स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगितामा भाग लिने आई.टि.एफ तेक्वान्दो खेल छनौटका मुख्य निर्णायक कृष्ण थापाले जानकारी दिए

सम्बन्धित खवर