माथागढीको सराईमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु

पाल्पा/ जिल्ला स्तरीय १४ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता माथागढी ३ कसेनीको सराईमा सुरु भएको छ ।

दुई नगरपालिका र ८ गाउँपालिका स्तरीय प्रतियोगितबाट छनौट भएका खेलाडीबीच जिल्ला स्तरीय प्रतियोगिता सुरू भएको हो । प्रतियोगितामा छात्राछात्रबीच एथलेक्टिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्डोलगायतका खेल हुनेछ । जिल्ला स्तरीय प्रतियोगितामा प्रथम हुने खेलाडी र समूह प्रदेशस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा सहभागी हुनेछन् ।

आइतबारबाट सुरु भएको खेलकुद प्रतियोगिता प्रतिनिधिसभा सदस्य नारायणप्रसाद आचार्यले उद्घाटन गरेका हुन् ।प्रतियोगिताको उद्घाटन गर्दै प्रतिनिधिसभाका सदस्य आचार्यले पालिका स्तरमा रहेका खेलमैदानको स्तरउन्नति गर्दै सदरमुकाम केन्द्रीत खेल प्रतियोगितालाई ग्रामीण क्षेत्रमा आयोजन गर्न आफ्नो पहल रहने बताए । माथागढी क्षेत्रको माडी क्षेत्रलाई समेटेर उच्च स्तरको खेल मैदान निर्माण गर्न खेलकुद प्रतियोगिताले सहयोग गर्ने उनले विश्वास लिए । तानसेन नगरपालिकाबाहिर यो प्रतियोगिता पहिलो पटक हुन लागेको खेलकुद विकास समिति पाल्पाले जनाएको छ ।

उद्घाटन समारोहमा विभिन्न समूहबाट बाजागाजा र झाँकीसहित र्यालीले सराई बजार परिक्रमा गरेको थियो । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनाल, माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदी, पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्त, लुम्विनी प्रदेश आर्थिक मामिला मन्त्रालयका सचिव दिपक नेपाल, माथागढी गाउँपालिका वडा नं. ३ का अध्यक्ष तेजबहादुर घर्तीमगर, नेपाल पत्रकार महासंघ पाल्पा शाखाका अध्यक्ष रेखीराम रानालगायतले प्रतियोगिता सफलताको शुभकामना दिएका थिए । नुभएको थियो ।

उद्घाटन कार्यक्रम जिल्ला खेलकुद विकास समिति पाल्पाका कार्यबहाक अध्यक्ष दिपक घिमिरेको अध्यक्षता र पत्रकार भरत शर्माको संचालनमा भएको थियो । प्रतियाेगिता फागुन ९ गते सम्म चल्ने छ ।

सम्बन्धित खवर