एमालेले ‘मिसन ग्रासरूट’ को अभिमुखिकरण गर्ने

पाल्पा/ नेकपा (एमाले)को दुई महिने पार्टी सुदृढीकरण तथा विस्तार अभियान (मिसन ग्रासरूट) को जिल्ला स्तरीय अभिमुखिकरण गर्ने भएको छ । अभिमुखिकरण कार्यक्रम फागुन ९ गते त्रिभुवन बहुमुखी क्याम्पस तानसेनको सभाहलमा हुने छ । तोकिएको मापदण्ड अनुसारका सहभागीहरुलाई खवर गर्ने काम भएको एमाले पाल्पाले जनाएको छ ।

नेकपा (एमाले) पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरेका अनुसार अभियान हाक्ने नेताहरुलाई अभिमुखिकरण गर्ने तथा कार्ययोजना निर्माण गरेर प्रभावकारी रुपमा अभियान सञ्चालन गर्ने तयारीमा पार्टी जुटेको बताए ।

अभियान अन्र्तगत पाल्पा एमालेमा आवद्ध रहेका ८ हजार बढी पार्टी सदस्यहरुलाई बैचारिक, सैद्धांतिक रुपमा स्पष्ट पार्ने, भएका सदस्यहरुलाई कुनैन कुनै पार्टी कमिटीमा संगठित गर्ने, २०८० साल सम्मको पार्टी सदस्यता नविकरण गर्ने, नयाँ पार्टी सदस्यता विस्तार गर्ने उनीहरुलाई यथोचित जिम्मेवारी दिने, पार्टीका २३ वटा जनवर्गीय संगठनहरुलाई जिल्ला, पालिका तह र आवश्यकता अनुसार वडा तह सम्म संञ्जाल विस्तार गर्ने कार्य हुने अध्यक्ष घिमिरेले जानकारी दिए । उनका अनुसार अभियान सकिदा एमाले पाल्पाको पार्टी पंक्ति सैद्धांतिक र बैचारिक रुपमा स्पष्ट हुने बताए । अध्यक्ष घिमिरेले नेकपा एमालेको सांगठनिक सञ्जाल थप सुढृण हुने र जस्तोसुकै परिस्थितिको सामना गर्न सक्ने पार्टी निर्माण हुने विश्वस व्यक्त गरे ।

अभिमुखिकरण कार्यक्रममा पार्टीका केन्द्रीय सल्लाहकार परिषद, केन्द्रिय आयोग, केन्द्रिय विभागका सदस्यहरु,प्रदेश कमिटी, प्रदेश सल्लाहकार परिषद, प्रदेश आयोग र प्रदेश विभागका सदस्यहरू, जिल्ला कमिटी, जिल्ला आयोग, जिल्ला सल्लाहकार परिषद, जिल्ला बिभागका सबै सदस्यहरु, जनवर्गीय संगठनका केन्द्र, प्रदेश कमिटीको जिम्मेवारीमा रहेका सब सदस्य तथा जिल्लाका पदाधिकारीहरू,गाउँपालिका कमिटीका पदाधिकारीहरु,जिल्ला समन्वय समितिमा निर्वाचित पदाधिकारी, सदस्यहरु, वडा कमिटी अध्यक्षहरु,स्थानीय तहमा निर्वाचित वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरुको अनिर्वाय उपस्थितिमा कार्यक्रम गरिने जिल्ला सचिव भोजराज पोखरेल (रामजी)ले जानकारी दिए ।

अभियानका लागि पाल्पामा नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य खिमलाल भटराई, गोकुल घर्तीमगर, नेकपा एमाले केन्द्रीय अनुशासन आयोगका उपाध्यक्ष नेत्र पन्थी र केन्द्रीय सदस्य साबित्रा अर्याल खटिने एमाले पाल्पाका कार्यलय सचिव दिपक विश्वकर्माले जानकारी दिए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय