
पाल्पा/ होटल पौवा पाल्पाले विशेष कार्यक्रम सहित शिवरात्री मनाएको छ । विगतका वर्षमा झै यसवर्ष पनि होटल पौवा पाल्पाले ग्राहक तथा पाहुनाहरुलाई शिवरात्री पर्वका दिन रमाइलो गराएको हो ।
होटलमा विहान विशेष पुजाअर्चना गर्दै साझ भजनकीर्तनका साथ उपस्थित पाहुना र ग्राहकहरुलाई नचाइएकोे होटल पौवा पाल्पाकी लेखापाल सन्जु कार्कीले बताइन् ।
‘यस वर्षको शिवरात्री पौवासँग मनाऔं संगै.नाचौं, संँगसँगै खाऔं’ भन्ने नाराका साथ पाल्पा सहित पौवाका ११ वटा शाखामा शिवरात्री विषेश कार्यक्रम आयोजना भएको हो । परम्परा अनुसारको शिव प्रसाद खुवाउनुका साथै भजन टोलिको समूहले भजनकीर्तन प्रस्तुत गरेको शाखा म्यानेजर यदु भटराईले बताए ।
होटल पौवाले नेपालमा मनाईने हरेक पर्व र सांस्कृतिक महत्वका दिनहरुमा पर्व अनुसारको परिकार ग्राहकहरुलाई खुवाउने र रमाइलो गर्न ग्राहक तथा पाहुनाहरु जुटाउने गरेको छ ।
पौवाको पाल्पा सहित रुपन्देहीको बुटवल र भैरहवा, कपिलवस्तु, दाङको घोराही, लमही र भालुवांङ, गुल्मी, सुदुरपश्चिमको धनगढी, कर्णाली प्रदेशको जुम्ला र गण्डकी प्रदेशको पोखरामा शाखा सञ्चालनमा छन् ।