
पाल्पा/ होटल पौवा पाल्पाले शिवरात्री विशेष कार्यक्रम गर्ने भएको छ ।
विगतका वर्षमा झै यसवर्ष पनि होटल पौवा पाल्पाले शिवरात्रीमा आफ्ना ग्राहकहरुलाई भजनकीर्तनमा नचाउने भएको छ । शिवरात्रीका दिन अर्थात भाेली शनिबार विहान विशेष पुजाअर्चना गर्दै साझ ५ बजेपछि भजनकीर्तनमा ग्राहकलाई नचाउने कार्यक्रम राखिएको होटल पौवा पाल्पाकी लेखापाल सन्जु कार्कीले बताइन् ।
‘यस वर्षको शिवरात्री पौवासँग मनाऔं संगै.नाचौं, संँगसँगै खाऔं’ भन्ने नाराका साथ पाल्पा सहित पौवाका ११ वटा शाखामा शिवरात्री विषेश कार्यक्रम आयोजना गरिएको लेखापाल कार्की जानकारी दिइन् । परम्परा अनुसारको शिव प्रसाद निशुल्क खुवाउनुका साथै साझ ५ बजे देखि ८ बजेसम्म भजनकीर्तनमा रमाउने व्यवस्था गरिएकाे पाल्पा शाखाका म्यानेजर यदु भटराईले बताए । उनले होटल पौवाले नेपालमा मनाईने हरेक पर्व र सांस्कृतिक महत्वका दिनहरुमा पर्व अनुसारको परिकार ग्राहकहरुलाई खुवाउने गरेको बताए ।
पौवाको पाल्पा सहित रुपन्देहीको बुटवल र भैरहवा, कपिलवस्तु, दाङको घोराही, लमही र भालुवांङ, गुल्मी, सुदुरपश्चिमको धनगढी, कर्णाली प्रदेशको जुम्ला र गण्डकी प्रदेशको पोखरामा शाखा सञ्चालनमा छन् । यस वर्षको महाशिवरात्री फागुन ६ गते अर्थात भोलि शनिवार परेको छ ।







