
पाल्पा/ बगनासकाली गाउँपालिकामा १५ शैयाको अस्पताल निर्माण कार्य सुरु भएको छ ।
बगनासकाली गाउँपालिका वडानं १ चिलाङ्गदीमा बन्ने अस्पतालको अध्यक्ष सरस्वती चिदी र उपाध्यक्ष हरि प्रसादपाठकले हिन्दुधर्म संस्कार अनुसार औपचारिक रुपमा शिलान्यास गरेका हुन् ।
अस्पताल निर्माणका लागि गएको जेष्ठ १३ गते निर्माण कम्पनीसंग सम्झौता भएको थियो । कम्पनीले जेष्ठ २८ बाट कार्यप्रारम्भ गरी शिलान्यासको अवस्था तयार गरेको हो ।
बुद्ध/ पशुपति/ जुगल जेभी निर्माण कंम्पनीले निर्माणको जिम्मा पाएको छ । भ्याट बाहेक करिव १४ करोड ५० लाख ८२ हजार रुपैयाँमा बन्ने सुविधा सम्पन्न अस्पतालको निर्माण कार्य आगामी २०८० सालको मंसिर १३ सम्ममा गर्नेगरी काम भएको गाउँपालिकाका ईन्जिनियर प्रमोद कुवरले जनकारी दिए ।
अस्पताल निर्माणका लागि चिलाङ्गदीका स्थानीयवासी बलबहाुर राना, मीन बहादुर राना, डिल बहादुर गाहा, भिमसेन गाहा र टनि सरा रानाले छ रोपनी जग्गा निशुल्क उपलब्ध गराएका हुन् । यहाँ अस्पताल निर्माण भएर सेवा सुचारु भएपछि यस भेगका नागरिकालाई स्वास्थ्य सेवा लिनका लागि सहज हुने गाउँपालिकाका प्रवक्ता टीकाबहादुर थापाले बताए ।