पाल्पाली संगमको अध्यक्षमा खत्री

पाल्पा/ पाल्पाबाट काठमाडौं गई बसोबास गर्दै आएका पाल्पालीहरू साझा संस्था पाल्पाली संगमको नयाँ नेतृत्व चयन भएको छ ।

सर्वसम्मत रुपमा चयन भएको संगमको नेतृत्व निवर्तमान महासचिव विष्णु बहादुर खत्रीले पाएका छन् । अध्यक्षता खत्री सहित नयाँ कार्यसमितिको उपाध्यक्षमा केशव आचार्य, यम झेंडी र पाण्डप खत्री, महासचिवमा जीवन भण्डारी, सचिवमा सिता विष्ट कार्की, गोपाल राना, बालकृष्ण पोखरेल र लक्ष्मीप्रसाद शर्मा र कोषाध्यक्षमा संजय भट्टराई रहेका छन् ।

संगमको २३ सदस्यीय कार्यसमितिको सदस्यहरूमा मञ्जु ढकाल आचार्य, पुरुषोत्तममान कर्माचार्य, मीन प्रसाद बस्याल, जगदीश नेपाल, विमला बस्याल, विश्वहरि नेपाल, डिआर पोखरेल, विमल पन्त, ओमकुमारी थापा झेंडी, भोजराज पाण्डे, विष्णुप्रसाद पाण्डे, श्रीधर अर्याल र सुरेन्द्रकुमार बस्याल रहेको अध्यक्ष मण्डलका संयोजक तथा संगमका पूर्व अध्यक्ष रुद्र बस्यालले जानकारी दिए ।

विभिन्न पेसा व्यवसाय र अध्ययनका लागि काठमाडौंमा रहेका पाल्पालीहरूले २०३२ देखि अनौपचारिक छलफल र भेटघाटबाट सुरु भएको संगम २०३८ सालमा औपचारिक रुपमा गठन भएको हो । संगम २०४७ सालमा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता गरिएको थियो । संगमको उद्देश्य अनुसार संगठितहुँदै पाल्पाको पर्यटन, कला, संस्कृतिको प्रचार तथा प्रवर्दनका विविध क्रियाकलाप गरिने नवनिर्वाचित अध्यक्ष खत्रीले बताए ।

सम्बन्धित खवर