फाल्पा/ पाल्पाको प्रहरी प्रमुखमा हेरम्व शर्मा आएका छन् । भर्खरै सरुवा भएर आएका प्रहरी उपरीक्षक शर्मा र पाल्पामा क्रियाशील पत्रकारहरु बीच अन्र्तक्रिया तथा परिचयात्मक कार्यक्रम भएको छ । कार्यक्रममा प्रहरी प्रमुख शर्माले जिल्लाको शान्ति सुरक्षा व्यवस्थालाई मजबुत बनाउनका लागि आवश्यक कार्य गर्ने बताएका छन् ।
उनले जनताको अपेक्षाअनुसार आफूले काम गर्ने बताए । पाल्पाको शान्तिसुरक्षा सुधार, प्रहरीको छवी सुधार तथा विविध खालको हिंसा न्यूनीकरणमा आफूले ध्यान दिने उनको भनाइ रहेको छ । जिल्लाको ट्राफिक व्यवस्थापन, दुर्घटना न्यूनीकरणका साथै विगतमा भएका अपराध अनुसन्धानका अधुरा काम सम्पन्न गर्न लागि पर्ने प्रहरी प्रमुख शर्माले प्रतिबद्धता व्यक्त गरे । शर्माले पत्रकार, नागरिक र प्रहरीको समन्वय र सहकार्यबाट जिल्लामा शान्ति सुरक्षालाई बलियो बनाउन सकिने भएकोले सोही अनुसारको सहयोगको अपेक्षा समेत राखे ।
अन्र्तक्रिया कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पा शाखाका अध्यक्ष रेखीराम रानाले जिल्लामा चोरीका घटनाहरु द्यैनिक रुपमा वृद्धि भएको बताए । उनले यसका साथै प्रविधिको गलत प्रयोगले साइबर अपराध बढ्नुले सुरक्षा चुनौती थपिएको बताए । अध्यक्ष रानाले पत्रकारहरु सधै गुण र दोषका आधारमा सबै पक्षलाई सहयोग गर्दै आएको बताउँदै शान्ति सुरक्षाकाका सवालमा सकारात्मक सहयोग हुने बताए । उनले प्रहरी प्रमुखलाई मिडियामैत्री भएर काम गर्न आग्रह समेत गरे ।