फागुन १५ गते तानसेनको स्थानीय विदा

पाल्पा तानसेन नगरपालिकाको कार्यपालिका बैठकले फागुन १५ गते स्थानीय विदा दिने निर्णय गरेको छ । बैठकले मगर दिवसको अवसरमा विदा दिने निर्णय गरेको नगरपालिकाका प्रवक्ता यादव सिंह कार्कीले जानकारी दिए । प्रत्यक वर्षको फागुन १५ गते मगर दिवस मनाउने गरिन्छ ।

पाल्पा जिल्लाका साथै तानसेन नगरपालिकामा पनि मगर समुदायको बाक्लो बस्ती रहेकोले स्थानीय विदा दिने निर्णय भएको हो । विदाको दिन तानसेन नगरपालिकासहित मातहतका कार्यलय, शैक्षिक तथा सामाजिक संघसंस्थाहरु बन्द हुनेछन् ।

नेपालभित्र र बाहिर छरिएर रहेका मगर आदिवासी समुदायका मानिसहरू आफ्नो समुदायको राजनैतिक, सामाजिक धार्मिक एवं संस्कृति उत्थान र विकासको लागि दिवस मनाउने गर्दछन् ।

मगरहरूले आफ्नो ऐतिहासिक महत्वलाई कायम गर्न मगर–आदिवासीको सम्झनामा प्रत्येक वर्ष फागुन १५ गते राष्ट्रिय मगर दिवसका रुपमा मनाउँदै आएको आदिबासी जनजाती पत्रकार महासंघका पूर्व लुम्बिनी इन्चार्ज देव पचभैयाले बताए । उनका अनुसार दिवसमा देशभर मगर बाहुल्यता भएका क्षेत्रहरुमा सांस्कृितक उत्सवदेखि पहिचानको मुद्दासम्म उठान गरी धुमधामसँग मनाइने गरेको छ ।

सम्बन्धित खवर