तानसेनको १५ औं बैठकका १५ निर्णय सार्वजनिक

पाल्पा/ तानसेन नगरपालिकाले कार्यपालिको १५ औं बैठकको निर्णय सार्वजनिक गरेको छ । नगरपालिकामा पछिल्लो नेतृत्व आएपछि कार्यपालिका बैठकले गरेका निर्णय तत्काल सार्वजनिक गर्ने गरेको छ ।

बैठकको १५ निर्णय सार्वजनिक गर्दै नगरपालिकाका प्रवक्ता यादव सिंह कार्कीले नगरवासीको आवश्यकता र मागका आधारमा विकासका कामलाई तीब्रता दिइएको बताए । उनले बैठकले करारका कर्मचारीको म्याद थप, रानीमहल दरबार परिसर भित्र इंगेजमेंन्ट र फोटोसुट गर्नेहरुका लागि पाँच हजार शुल्क तोकिएको जानकारी दिए ।

यस्तैगरी विभिन्न शाखा र वडाका लागि करारमा सेवा पदपूर्ति गर्ने, हेफर इन्टरनेशन नेपाल संगको लागत साझेदारीको कार्यक्रम रद्द गर्ने र विभिन्न शिर्षकका महोत्सवका लागि सहयोग गर्ने निर्णय भएको प्रवक्ता कार्कीले बताए ।

यसका साथै नगरपालिकाले अव्यवस्थित रुपमा निर्माण भएका राजमार्गको सडक सीमा क्षेत्रका घरटहराहरुबाट शुल्क उठाउनका लागि लगत संकलन गरेको र पाल्पा दरबार संग्रहालय परिसरका टहराहर हटाउनका लागि आवश्यक छलफल गरिरहेको जानकारी दिए । यसका साथै रानीमहलको प्रचार प्रसारका लागि फोटिन फ्रेबुअरी अर्थात प्रणय दिवसका दिन नाटा पाल्पा र लुम्बिनीसंगको सहकार्यमा विशेष कार्यक्रम गर्न लागिएको समेत बताए । प्रवक्ता कार्कीले तानसेनको खानेपानी उपभोक्ता समितिमा देखिएको समस्या समाधानका लागि छलफल भैरहेको बताए । यसका साथै फोहरमैला व्यवस्थापनको काम निजी क्षेत्र गर्दा नगरपालिकालाई घाटा लागेकोले सम्झौता रद्द गर्नका लागि आवश्यक अध्ययन भैरहेको समेत जानकारी दिए ।

निर्णय सार्वजनिक कार्यक्रममा सहभागी पत्रकारहरले तानसेन नगरपालिकाले पर्यटकीय क्षेत्रको विकासमा धयान दिनुपर्ने बताए । उनीहरुले पाल्पाका पर्यटन व्यवसायीहरुको क्षेत्रगत विकासमा भूमिका शून्य भएको समेत बताए । निजी क्षेत्रको सक्रियतामा स्थानीय सरकार र अन्य सरोकारवालाहरुको सहकार्यमा मात्र तानसेनको पर्यटन विकास सम्भव हुनेभएकोले यसतर्फ गम्भीर हुनुपर्नेमा जोड दिएका थिए । पत्रकारहरूले पर्यटकीय क्षेत्रकाे व्यवस्थापनसंगै सूचना केन्द्र स्थापना गरी प्रचार प्रसार गर्नुपर्ने, हाेटल व्यवसायीहरूले अतिथि सत्कारका विषयमा ध्यान दिने वातावरण तयार गर्नु पर्ने साथै हाेटेलकाे काेठाकाे शुल्क बारे अनुगमन गर्नु पर्ने सुझाव राखेकाे प्रेस सल्लाहकार मुक्ति न्यौपानेले जानकारी दिए ।

सम्बन्धित खवर