
पाल्पा / बिजु ई. बोडिङ सेकेण्डरी स्कुल तानसेनले आफ्नो ३७ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । कार्यक्रममा विद्यालयकी प्रिन्सिपल अनुराधा बज्राचार्यले विद्यालयको वार्षिक प्रतिवेदन गरिन् ।
कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य खेम बहादुर सारुले नेपालको शैक्षिक विकासमा संस्थागत बिद्यालयहरुको महत्वपूर्ण भूमिका रहेको बताए । उनले विद्यालयसँगै अभिभावकहरुले आफ्ना वालबालिकाहरुलाई घरमा पनि अनुशासित वातावरणमा खेल्दै पढ्ने वातावरण मिलाउनुपर्नेमा जोड दिए । प्याव्सन पाल्पाका अध्यक्ष महेशमान बज्राचार्यले पाल्पामा संस्थागत विद्यालयहरुले गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको बताए । उनले जिल्लाकाे शिक्षाकाे विकासमा निरन्तर खटेकाे बताए ।
कार्यक्रममा शिक्षासेवी एवम् विद्यालयका पूर्व अध्यक्ष छत्रराज शाक्य र देवप्रसाद बज्राचार्य सहित विभिन्न विषयमा उत्कृष्ट नतिजा दिलाउने शिक्षकहरुलाई सम्मान गरिएको थियो । त्यस्तै विद्यालयमा आयोजित विभिन्न प्रतियोगिताका विजयी विद्यार्थी अभिभावक र एसइई र वार्षिक परीक्षामा उत्कृष्ट भएका विद्यार्थीहरुलाई पुरस्कृत समेत गरिएको थियो ।
बिद्यार्थीहरुले तेक्वान्दो सहित साँस्कृतिक प्रस्तुतिहरु राखेको कार्यक्रम विद्यालय व्यवस्थापन समितिका उपाध्यक्ष सञ्जयराज शाक्यको स्वागत, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्रकाजी शाक्यको अध्यक्षता र विद्यार्थीद्धय तपस्सी बज्राचार्य र रेशीका सिंजालीको सञ्चालनमा चलेको थियो ।