बालमैत्री स्थानीय शासन सम्बन्धी अभिमुखीकरण

धनबहादुर ठाडा

पाल्पा, निस्दी गाउँपालिका पाल्पामा बालमैत्री स्थानीय शासन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिका सभाहलमा भएको कार्यक्रम आइतबार र सोमबार गरी दुई दिनसम्म चालेको हो ।

अभिमुखीकरण कार्यक्रममा बाल अधिकार, बाल मैत्री स्थानीय शासन घोषणाका सुचकहरुका साथै प्रक्रिया र चरणका बारेका छलफल गरिएको थियो । कार्यक्रममा कार्यपालिका सदस्य, विषयगत शाखाका प्रमुख, प्रहरी, बाल मञ्चका पदाधिकारी सहित ३० जनाको सहभागिता रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुव दयालले जानकारी दिए ।

कार्यक्रम समापनमा गाउँपालिका अध्यक्ष मुक्तबहादुर सारुले निस्दी गाउँपालिका आगामी तीन वर्ष भित्र बालमैत्री गाउँपालिका घोषणा गर्ने योजनाका साथ अगाडि बढेको बताए । उनले घरपरिवार देखि विद्यालय सम्म बालमैत्री बनाउने योजनाका साथ कार्यक्रम संञ्चालन गरिरहेको समेत बताए । बाल मैत्री शासनको लागि बालबालिकाहरुको अधिकार सुनिश्चितता गर्न बालबालिकाले पनि आफ्नो कर्तव्य कहिल्यै भुल्न नहुने अध्यक्ष सारुको भनाइ छ ।

गोष्ठीको सहजीकरण बाल अधिकारकर्मी रुद्र मश्राङ्गी र शालिकराम पाण्डेले गरेका हुन् । पछिल्लो समय गाउँपालिकाले बालमैत्री स्थानीय तहका लागि आवश्यक सूचकहरु पूरा गर्न कार्यक्रमहरु तीब्र रुपमा गर्दै आएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय