जनता माविमा पोखरेलको नेतृत्व

पाल्पा / जनता माध्यमिक विद्यालयल तानसेनको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा भोजराज पोखरेल (रामजी) सर्वसम्मत रुपमा चयन भएका छन् ।

जसको सदस्यहरुमा हरिबोल भट्टराई, शान्ती पाण्डे, नम्रता खाती, चोपलाल गिरी, नुमकला थापा, बाबुरत्न शाक्य रहेको समितिका सदस्य सचिव तथा विद्यालयका प्रधानाध्यापक कपिल कुंवरले जानकारी दिए । उनका अनुसार विद्यलायको शिक्षक अभिभावक संघको अध्यक्षमा सुनिल बुढाथोकी चयन भएका छन् ।

अहिले यो विद्यालयमा कक्षा १ देखि १२ कक्षा सम्म करिव एक हजार ४ सय विद्यार्थी अध्ययनरत छन् । कोभिड १९ का कारण विद्यार्थी संख्या कम भएको विद्यालयमा समयनुकुल विद्यार्थीलाई यातायातको व्यवस्थापन र विद्यालय परिसर भित्र चमेना गृहको सञ्चालन गर्न सके विद्यार्थी संख्यामा वृद्धि गर्न सकिने विद्यलायका सहायक प्रधानाध्यापक हरिप्रसाद घिमिरेले बताए । उनका अनुसार माध्यमिक शिक्षा परीक्षाको नतिजामा पाल्पा जिल्लामै उत्कृष्ट नतिजा दिदै आएको दावी गरे । विद्यार्थी संख्या तुलनात्मक रुपमा कम भएपनि शैक्षिक गुण्स्तरमा कुनै कमी नभएको विद्यालयको जनाएकाे छ ।

सम्बन्धित खवर