रानीमहलमा प्रेस चौतारीको पाल्पाको साधारण सभा

दयाराज न्यौपाने

प्रेस चौतारी नेपाल पाल्पा शाखाले रानीमहल दरबारमा गरेको साधारण सभा छ बुंदे रानीमहल घोषणा पत्र जारी गर्दै सकिएको छ ।

प्रेस चौतारी नेपालको २५ औं केन्द्रीय स्थापना दिवसका अवसरमा गरिएको साधारण सभाबाट जारी घोषणा पत्रमा स्वतन्त्र र मर्यादित पत्रकारिताको अगुवा संस्थाको भूमिका प्रेस चौतारीले निर्वाह गदै क्रियाशील पत्रकारलाई गोलबन्द गरी वैचारिक हिसाबले सुसुचित गर्ने, संगठन सुदृढिकरण गर्ने, संस्थाको अनुशासन पालनामा जोड दिने बताइएको छ ।

यस्तै न्यू मिडियाको उपयोग, सरकारकाको कार्यशैली र समुदाय केन्द्रीत रिपोर्टिङ जस्ता क्षमता अभिवृद्धि कार्यशाला सञ्चालन गर्ने, साना लगानीमा सञ्चालित मिडियाको जर्गेन गर्ने, व्यवसायिक पत्रकारितालाई जोड दिने, प्रेस स्वतन्त्रताको सुनिश्चिता,समानुपातिक विज्ञापन नीति लागु, जेष्ठ पत्रकार सम्मान कार्यक्रम सञ्चालन, श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन,पत्रकारिता कल्याण कोष स्थापना र पत्रकार दुर्घटना बीमा जस्ता सञ्चारकर्मीकोहक हितका सुनिश्चित हुने कार्यक्रम कार्यान्वयनमा सरकारसंग जोडदार माग गर्ने, स्थानीय विज्ञापन, स्थानीय मिडियालाई हुुने गरी नीतिगत व्यवस्था गर्न तिनै तहका सरकारलाई अब्हान गर्ने र ऐतिहासिक पर्यटकीय स्थल रानीमहलसंगै पाल्पाका पर्यटकीय गन्तव्यहरुको एकीकृत विकास हुुने गरी बाह्रय जिल्लाका पर्यटकीय सम्पादसंग जोडर विकास गर्न तिनै तहका सरकारलाई स्पष्ट खाका बनाउन अपिल गर्ने विषय समावेस गरिएको छ ।

साधारण सभाको उद्घाटन सत्रका प्रमुख अतिथि पाल्पा क्षेत्र नंं १ का संघीय सांसद नारायणप्रसाद आचार्यले पाल्पाको विकास अभियानमा पाल्पाली पत्रकार र मिडियाले गरेको योगदान अतुलनिय रहेको बताए । जसमा प्रेस चौतारीको भूमिका अझ महत्वपूर्ण रहेको बताए । सांसद आर्चायले अव पत्रकारहरु समयनुकुल चल्नुपर्ने बताउँदै विषय अनुसार पत्रकारको पहिचान बनाउनु पर्ने बताए । उनले औपचारिक र मनोगत भाषाका सूचना मात्र जनतालाई दिने नभै सत्य तथ्यका आधारमा अनुसन्धानमूलक सामग्री प्रकाशनमा जोड दिन आग्रह समेत गरे । नेकपा एमालेका जिल्ला अध्यक्ष धनेन्द्रराज घिमिरेले चौतारी आवद्ध पत्रकारहरुको क्रियाशीलताको उच्च प्रशंसा व्यक्त गरे । उनले स्थानीय सरकारले एतिहासिक तथा सांस्कृतिक महत्व भएका स्थलहरुको संरक्षणमा देखाएको उदासिनता प्रति आफ्ना कलम चलाउन आग्रह गरे ।
प्रेस चौतारी नेपालका सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज प्रदीप आचार्यले जनभावनाका सवाललाई उठान गर्दै व्यावसायिक पत्रकारिताको विकासका लागि चौतारी निरन्तर खटेको बताए ।

कार्यक्रममा प्रदेशसभा सदस्य राजुप्रसाद श्रेष्ठले पत्रकारहरुले गरेको काम देश र जनताको पक्षमा हुनुपर्ने बताए । अर्का प्रदेशसभा सदस्य खेमबहादुर सारुले समाजको सकारात्मक विकासमा पत्रकारहरुको भूमिका अहम् रहेने बताए । समानुपातिक तर्फबाट प्रदेशसभा सदस्य चयन भएकी इन्द्रा गहतराजले पत्रकार आफ्नो आचारसहिंतामा रहेर सबै वर्गको आवाज निष्पक्ष रुपमा उठाउनुपर्ने बताइन् ।

कार्यक्रममा जिल्ला समन्वय समिति पाल्पाकी उपप्रमुख काशिका गैरे, बगनासकाली गाउँपालिकाका अध्यक्ष सरस्वती चिदी, माथागढी गाउँपालिकाका अध्यक्ष यम चिदी, नेकपा माओवादी केन्द्र पाल्पाका सचिव मथुरा ढकाल, एकीकृत समाजवादीका जिल्ला अध्यक्ष कमल पाण्डे , राष्ट्रिय स्वतन्त्र पार्टीका सचिव सुमन गैरे, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष विशाल दर्लामी, रिब्दिकोट गाउँपालिकाकाका पूर्व अध्यक्ष नारायण बहादुर जि.सि, पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखिराम राना, प्रेस युनियनका सभापति भरत शर्मा, प्रेस सेन्टरका कमल अधिकारी, अक्षयकोषदाता तुल बहादुर अधिकारी, उद्योग वाणिज्य संघका सचिव बिदुर घिमिरे, पाल्पा व्यापार संघका प्रथम उपाध्यक्ष विष्णु बहादुर कार्की , कर्मचारी संगठनका जिल्ला अध्यक्ष युवराज ज्ञवाली,जिल्ला हुलाक कार्यालयका प्रमुख जयदीप पन्थी, संगठनका संस्थापक अध्यक्ष केशवराज नेपाललगायतले शुभकामना व्यक्त गरे । उनीहरुले रानीमहलको उचित सरक्षण, व्यवस्थापन र सञ्चालनमा सम्बन्धित पक्ष गम्भीर हुनुपर्ने बताए ।

साधारणसभामा उपाध्यक्ष बन्दना पोखरेलको स्वागत, सचिव नारायण न्यौपानेको सञ्चालन तथा अध्यक्ष कृष्ण कार्कीको अध्यक्षतामा चलेको सभामा गएको मंसिर ४ गते सम्पन्न प्रीतनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा पाल्पा जिल्लाबाट निर्वाचित सांसदहरुलाई सम्मान गर्नुका साथै चौतारीको आफ्नै बुलेटिन पाल्पा चौतारीको दोस्रो अंक सार्वजनिक गरिएको थियो ।

सम्बन्धित खवर