
पाल्पा / ट्याक्टरको ठक्करबाट आमा छोराको मृत्यु भएको छ ।
मृत्यु हुनेमा तानसेन नगरपालिका –१३ बौघागुम्हाका १९ वर्षीय अभिषेक थापा र सोही ठाउँका ३९ वर्षीया मिना थापा मिधुन रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी प्रमुख जनकबहादुर शाहीले बताए ।
तानसेनदेखि खानीगाउँ तर्फ जाँदै गरेको लु २ त ९८८४ नम्बरको ट्याक्टरले सोही तर्फ जाँदै गरेको लु ५३ प ७५७१ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो । तानसेन– दर्लमडाँडा अन्तरगत भित्री सडकमा पर्ने बगनासकाली गाउँपालिका–९ झिरुभन्ज्याङ नजिकै ठकुरी बारीमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटना गम्भीर घाइते आमा छोरालाई उपचारको लागि जिल्ला अस्पताल पाल्पामा लैजादा चिकित्सकले मृत घोषणा गरेका हो । शवको पोष्टमार्टम गरेर आफन्तलाई बुझाउने तयारी भइरहेको छ । ट्याक्टर चालक धादिङका हरिलाल चेपाङलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेकोे प्रहरीले जनाएको छ ।