
भुवन रायमाझी
रैनादेवी छहरा गाउँपालिका भित्रका कर्मचारी र शिक्षकहरु बीच भएको भलिबल प्रतियोगितामा गाउँपालिकाको कर्मचारीको समूह विजयी भएको छ । फाइनल खेलमा गाउँपालिबाट खेलेका कर्मचारीको समूह र वडा नं. ८ सत्यवतीका शिक्षहरुको समूह बीच रोचक प्रतिस्पर्धा भएको थियो । । गाउँपालिका कर्मचारी संग प्रतिस्पर्धामा खेलेको वडा नम्बर ८ सत्यवतीका शिक्षकहरुकाे समूह दोस्रो स्थान प्राप्त गरेका छन् । पालिकाको वडा नम्बर ४ छहराले तेस्रो स्थान प्राप्त गरेको पालिकाले जनाएको छ ।
खेलकुद शिक्षक क्षमता विकास तथा मैत्रिपूर्ण भलिबल प्रतियोगिता गाउँपालिकामा लागु भएको मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम अन्तरगतको बजेट मार्फत आयोजना गरिएको हो । मुझुङको कटौजेपानी खेलमैदानमा सम्पन्न भएको प्रतियोगितामा शिक्षा विकास समितका अध्यक्ष हुमान सिंह कार्कीको अध्यक्षतामा खेलको समापन गरिएको हो ।
भलिबलको प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै समितिका अध्यक्ष कार्कीले भलिबल प्रतियोगिताको आयोजना गरेर शिक्षक, कर्मचारी र जनप्रतिनिधिहरुको सम्बन्ध प्रगाढ भएको बताए । उनले खेलाडी उत्पादन गर्ने प्रारम्भिक थलो नै विद्यालय भएको हुँदा विद्यालय स्तरबाटै खेलाडी उत्पादनमा सहयोग गर्नका लागि शिक्षकहरुलाई भलिबल प्रतियोगिताको आयोजना गरेको जानकारी दिए । खेलकुद र शिक्षालाई सँगसँगै अगाडि बढाउन शिक्षहरुले आवश्यक भूमिका खेल्ने भएकाले भलिबल प्रतियोतिा राखिएको गाउँपालिकाका शिक्षा शाखाका राजाराम भाटले जानकारी दिए । उनले पाठ्यपुस्तकमा समावेश भएका खेलहरुलाई शिक्षक मार्फत विद्यार्थीलाई सिकाउनका लागि खेल महत्पूर्ण हुने बताए ।
भलिबल प्रतियोगितामा गाउँपालिका भित्रका दश विद्यालयबाट दश समूहको सहभागीता रहेको थियो । खेलमा प्रथम,दोस्रो र तेस्रो स्थान हासिल गर्ने समूहलाई क्रमश १६ हजार , १० हजार र ७ हजार नगद पुरस्कार समेत प्रदान गरिएको छ । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिनेश सारु सहितको कर्मचारीको समूह र प्रबक्ता देवेन्द्र राना सहितको जनप्रतिनिधिको टिमले खेलमा रोचक बनेको थियो । कार्यक्रममा लेखा अधिकृत लिलामणी बस्याल अन्य शाखाका प्रमुखहरु जनप्रतिनिधि र खेल संग सम्बन्धित व्यक्तिहरुको उपस्थित रहेका थिए । खेलमा दिल बहादुर गाहा र नारायण सारुको समूहले प्रशिक्षण सहित रेफ्रीको भूमिका निर्वाह गरेका थिए ।