
विजयकुमार बौडेल –
पूर्वखोला गाउँपालिका वडा नं. ३ रिङ्नेरहका ७० वर्षिय भिमबहादुर सारुले आफ्नै टोलमा आँखा जाँच गरेर चस्मा पाएपछी खुशी भएका छन् । “धमिलो देखेर दैनिक कामकाज गर्न निकै गाह्रो हुन्थ्यो, आँखा चिलाएर हैरान हुन्थ्यो, तानसेन आउजाउ गर्न बुढो शरीरलाई झन दुख ।” सारुले खुशी हुँदै गाउँमै शिविर आउँदा खुव गज्जव भएको बताए ।
पुर्वखोला ३ रिङ्नेरहकै ९० वर्षिय तुलबहादुर पाटाले पनि आफ्नो घरनजिकै आँखा जाँच गर्न पाएकोमा खुशी व्यक्त गरे । “यो बुढेसकालमा ओखती गर्न तानसेन आउजाउ गर्न खुब दुख हुन्थ्यो, एकाविहानै गाडीमा जाने, जाँदा ४ सय रुपैंया, आउँदा ४ सय रुपैंया खर्च हुने, समयमा औषधिमुलो सकिएन भने होटलमा बास बस्यो, ४/५ हजार चैट ।” ज्येष्ठ नागरिक पाटाले हास्दै भने, “चुनावमा भोट हालेर यहीँका नेता जिताको खुब फाईदा भाछ हामी बुढाबुढीलाई, यहीँ उपचार गर्न पाईयो । खुशी छु म त ।”
पुर्वखोला ३ कै ७१ बर्षिय विष्णुमाया घर्ती पनि गाउँमै स्वास्थ्य परीक्षण गर्न पाउँदा खुब खुशी भएकी छन् । यो उमेरमा गाउँमै स्वास्थ्य सेवा लिन पाएर औषधिी समेत निशुल्क पाउँदा घर्ती दंग परेकी छन् । रिङ्नेरहकै ४४ वर्षिय बुद्ध विक पनि महिलाको आन्तरिक समस्याको परीक्षण गाउँमै हुँदा समय र आर्थिक खर्च बँचेकोमा खुशी तागेको बताइन् । शिविरमा भिआईए तर्फ डा. ाकेश बज्राचार्य र आँखा परीक्षण तर्फ सन्तोष दर्जीको नेतृत्वमा शिविर चलेको हो ।
पुर्वखोला गाउँपालिकाले नेपाल परिवार नियोजन संघ र पाल्पा लायन्स लाकौल आँखा अस्पतालसंगको सहकार्यमा पालिकाका सबै वडामा एकीकृत घुम्ति स्वास्थ्य शिविर सञ्चालन गरेपछी सारु, पाटा, घर्ती र विक जस्तै धेरै नागरिकले वडाबाटै सेवा लिन पाउँदा खुशी भएका छन् । गाउँपालिकाले शिविर मार्फत निशुल्क आँखा परीक्षण, महिलाहरुको तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, आङ खस्ने, बाँझोपन, पिसाव चुहिने तथा संभावित पाठेघरको मुखको क्यान्सरको परीक्षण, परिवार नियोजनको लामो अवधिको साधन ईम्प्लान्ट तथा आईयूसिडि राख्ने तथा निकाल्ने सेवा प्रदान गरेको थियो । आँखा जाँच पछि ४७ जनालाई गाउँपालिकाले यही माघ १७ गते मोतिया विन्दु भएकाहरुलाई निशुल्क शल्यक्रिया सेवा प्रदान गर्ने तयारीमा रहेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले जानकारी दिए ।
शिविर वार्षिक नीति तथा कार्यक्रम अन्र्तगत आयोजना गरिएको एकीकृत घुम्ती शिविरमा प्रजनन् स्वास्थ्य अन्र्तगत महिलाको पाठेघरको मुखको क्यान्सर परीक्षण, पाठेघर खसेको उपचार, परिवार नियोजनको लामो समयको अस्थायी साधन प्रयोग र आँखा सम्बन्धी परीक्षण गरिएको गाउँपालिका अध्यक्ष नुनबहादुर थापाले बताए । उनले पालिकाका नागरिकहरुको स्वास्थ्य सेवामा सहज रुपमा उपलब्ध गराउन शिविर आयोजना गरिएको समेत बताए ।
पालिका भित्रका ६ वडामा भएको शिविरमा एक हजार ३ सय ९३ जनाले सेवा लिएका छन् । जसमध्ये एक हजार एक सय ३० महिला र दुई सय ६३ पुरुष रहेका छन् । वडा नं. १ सिलुवामा तीन सय १४, वडा नं. २ जल्पामा दुई सय ३९, वडा नं. ३ रिङ्नेरहमा तीन सय २९, वडा नं. ४ देविनगरमा एक सय ४३, वडा नं. ५ विरकोटमा दुई सय ३३ र वडा नं. ६ हेक्लांङमा एक सय ११ जनाले सेवा लिएकोे पूर्वखोला स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले बताए । गाउँपालिकाले महिला तथा आँखाका विरामीको स्वास्थ्य परीक्षण सहित निशुल्क औषधी समेत वितरण गरिएको उनले बताए









