बगनासकालीमा एकीकृत घुम्ती शिविर हुँदै

पाल्पा / बगनासकाली गाउँपालिकाले एकीकृत घुम्ती शिविर सञ्चालन गर्ने तयारी गरेको छ । शुक्रबार देखिसुरु हुने शिविर २३ गते सम्म सञ्चालन हुने पालिकाले जनाएको छ ।

माघ १३ गते शुक्रबार वडा नं. २ पोखराथोकको वडा कार्यालयमा शिविर सञ्चालन हुने छ । यस्तैगरी माघ १४ गते शनिबारका दिन वडा नं. ३ नारयन्मतले र ४ खानीछाप वडा कार्यालय, माघ १५ गते वडा नं. ५ दर्लमडाँडा, माघ १६ र १७ गते वडा नं. ६ यम्घा, माघ १८ गत वडा नं. ७ खानिगाउँ, माघ २० गते वडा नं. ९ चापपानी, माघ २२ गते वडा नं. ८ बराङ्गदी माघ २३ वडा नंं १ चिर्तुङ्गधारामा शिविर सञ्चालन हुने पालिका अध्यक्ष सरस्वती चिदीले जानकारी दिइन् ।

पालिकाका भित्रका नागरिकलाई सेवा लिन सहजताका लागि वडामा एकीकृत घुम्ती शिविर सञ्चालन गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत विष्णु घर्तीले बताए । उनले शिविरमा सामाजिक सुरक्षा भत्ता वितरण, स्वास्थ्य परीक्षण,औषधि वितरण, स्वास्थ्य शिक्षा, आयूर्वेद स्वास्थ्य जाँच,औषधि वितरण,स्वास्थ्य जीवनशैली शिक्षा समेत उपलब्ध गराइने बताए । यस्तैगरी कृषि, पशुसेवा, व्यवसाय दर्ता तथा नविकरण,गरिव परिवार परिचय पत्र वितरण,जेष्ठ नागरिक परिचय पत्रका साथै पालिकाको सेवाका विषयमा गुनासो तथा सुझाव संकलन गरिने प्रमुख प्रशासकीय घर्तीको भनाइ छ ।

जनतालाई आफ्नै वडाबाट सबैखाले सेवा उपलब्ध गराउने पालिकाको निर्णय अनुसार शिविर चलाउन लागिएको पालिकाका प्रवक्ता टिकाबहादुर थापाले बताए । उनले स्थानीय वडास्तरमा सञ्चालन हुने एकीकृत घुम्ती शिविरमा सहभागी भएर सेवालिन आग्रह समेत गरे ।

सम्बन्धित खवर