म बनाउछु,मेरो रिब्दीकोट अन्र्तगत कार्यक्रम

पाल्पा । रिब्दीकोट गाउँपालिकाको आफ्नै अभियान म बनाउछु, मेरो रिब्दीकोट अन्र्तगत माध्यमिक शिक्षा परीक्षा तयारी कार्यक्रम र बुद्ध दर्शन, ध्यान र ज्ञान सम्बन्धी अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै माध्यमिक शिक्षा परीक्षाको नतिजा बलियो बनाउनका लागि कार्यक्रम गरिएको जानकारी गराए । उनले परीक्षाका लागि तयारी अवस्थामा रहेका बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गरी उत्कृष्ट अंक ल्याउने वातावरण निर्माण गर्न अभिभावक, शिक्षक र विद्यार्थीको महत्वपूर्ण भूमिका रहने बताए । अध्यक्ष कार्कीले गाउँपालिका भित्रका सबै बिद्यालयहरुको शैक्षिक नतिजा सुधारका लागि आवश्यक योजना तयार गरेमा पालिकाले कार्यान्वयनका लागि आवश्यक सहयोग उपलब्ध गराउन प्रतिवद्ध रहेको समेत बताए ।

यस्तै गरी कार्यक्रममा बुद्ध दर्शन ध्यान र ज्ञानको परिचय, उद्देश्य र अवधारणा के कस्ता रहेका छन् भन्ने बारेमा जानकारी गराइएको थियो । यसका साथै ज्ञान र ध्यानले के कस्ता उपलब्धी हासिल गर्न सकिन्छ ? माध्यमिक तहका विद्यार्थीलाई यस सम्बन्धी ज्ञान दिँदा कसरी सिकाइ उपलब्धी हासिल गर्न सक्छन् भन्ने बारेमा सहजकर्ता दुर्गा पोखरेलले सहजीकरण गरेका थिए । कार्यक्रममा पालिकाका शिक्षा शाखा प्रमुख मणिप्रसाद खनालले गाउँपालिका भित्र रहेका शिक्षण संस्थाको अवस्था, शैक्षिक गतिविधि सम्बन्धी जानकारी गराएका थिए । चालु शैक्षिक सत्रमा पालिका भित्रका १३ माध्यमिक विद्यालयका २ सय ६७ जना विद्यार्थी परीक्षाका लागि तयारी अवस्थामा रहेको बताए ।

गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारीले विद्यालयमा अध्ययनरत बालबालिकालेसकारात्मक सोँचबाट ध्यान र ज्ञान लिन सकेमा शैक्षिक गुणस्तरमा वृद्धि हुने विश्वास व्यक्त गरिन् । उनले जसले गर्दा उत्कृष्ट नतिजा आउने बताइन् । उपाध्यक्ष अधिकारीले संस्थागत र सामुदायिक विद्यालयमा रहेको शैक्षिक अवस्था, गतिविधि सम्बन्धी जानकारी समेत गराइन् ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पवन अर्यालले पालिका भित्र रहेका शैक्षिक संस्था सुधारका लागि गरिने कार्यक्रमले सकारात्मक नतिजा ल्याउन सक्ने बताए । उनले गतिविधि र समस्या समाधान गर्न समन्वयात्मक ढंगले अगाडि बढ्नका लागि नीति नियम योजना बनाउने र ध्यानलाई ज्ञान सँग जोड्न विभिन्न कार्यक्रम सञ्चालन गर्न गाउँपालिका प्रतिवद्ध रहेको बताए ।

कार्यक्रममा विद्यालयका प्रअ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, गाउँपालिकाका कर्मचारी, वडा अध्यक्ष लगायतको सहभागिता रहेको कार्यक्रममा प्रधानाध्यापक जनक आचार्य, गाउँपालिका प्रशासन शाखा अधिकृत रुकलाल भट्टराई, वडाध्यक्ष दान बहादुर कुवँर, चिरन्जीवि पोखरेल, प्रकाश रायमाझी , नारायण बहादुर केसी, सोम कुमार कार्की लगायतले शैक्षिक सुधारका लागि आवश्यक सल्लाह सुझाव राखेका थिए ।

सम्बन्धित खवर