पाल्पा / निस्दी गाउँपालिकाले एकीकृत घुम्ती सेवा सञ्चालनको तयारी गरेको जनाएको छ ।
पालिका भित्रका सेवाग्राहीको सहजताका लागि वडामै पुगेर एकीकृत घुम्ती सेवा संचालन गर्न लागिएको गाउँपालिका अध्यक्ष मुक्तबहादुर सारुले जानकारी दिए । उनका अनुसार आगामी माघ ११ गते देखि १७ गते सम्म एकीकृत घुम्ती सेवा सञ्चालन हुने छ ।
सेवा माघ ११ गते वडा नं. १ को बाँकामलांङ वडा कार्यालय, माघ १२ गते वडा नं. २ सहलकोटको वडा कार्यालय, माघ १३ गते वडा नं. ३ झिरुवासको वडा कार्यालय, माघ १४ गते वडा नंं ४ मित्यालको लामेदमार, माघ १५ गते वडा नं. ५ गल्धाको वडा कार्यालय, माघ १६ गते वडा नंं ६ अर्चलेको वडा कार्यालय र माघ १७ गते वडा नं ७ ज्यामिरेको वडा कार्यालयबाट प्रवाह गर्नेगरी सूचना प्रकाशन गरिएको पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अर्जुन खनालले बताए ।
विहान ८ बजे देखि साझ ५ बजेसम्म सञ्चालन हुने घुम्ती सेवामा आयोजना सम्झौता, आयोजना फरफारक, आयोजना सञ्चालन सम्बन्धी अभिमुखिकरण, व्यवसाय दर्ता र नविकरण, गरिव घर परिवार परिचय पत्र वितरण र अपांङ्ग परिचय पत्र वितरण गरिने पालिकाले जनाएको छ ।