तानसेनमा मगर खाजा र साँस्कृतिक कार्यक्रम हुने

पाल्पा / तानसेन ५ कैलाशनगरमा पौष ३० गते शनिबारका दिन मगरी खाजा र सांस्कृतिक कार्यक्रम हुने भएको छ । माघे संक्रान्ती २०७९ को अवसरमा कैलाश बसन्त मगर समाजको आयोजना तथा मगर महिला संघ, पाल्पाको सह आयोजनामा मगरी खाजा एवम् बृहत सांस्कृतिक कार्यक्रम हुन लागेको हो ।

कार्यक्रम बारे पत्रकार भेटघाट गरी जानकारी गराइएको हो । तानसेनमा आयोजित पत्रकार भेटघाटमा समाजका अध्यक्ष शेर बहादुर सोमैले मगर सांँस्कृतिक कार्यक्रम र मगरी खाजालाई मुख्य प्राथमिकताका दिएर कार्यक्रम गरिने बताए ।
कार्यक्रममा ठूलो नाँच (नचरी), कौडा, ठाडो भाका झाम्रे संगै पाल्पाका कला केन्द्रहरुको बिशेष प्रस्तुति रहने सास्कृतिक उपसमितिका संयोजक प्रेम लामिछानेले जानकारी दिए । कार्यक्रममा मगरी खाजाको रुपमा सेलरोटी, बटुक, सखरखण्ड, तरुल, चाकु, सुगुरको मासुका विभिन्न परिकारहरु, कुखुराको मासु लगायतका १२ बढी परिकारका स्टलहरु रहने समाजका सल्लाहकार बल बहादुर रानाले बताए ।

कार्यक्रम विहान ११ बजे देखि बेलुकी ५ बजे सम्म हुने छ । उक्त कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको समेत प्रस्तुित रहने आयोजकहरुले जनाएको छ । २०५४ सालमा कैलाशनगर र बसन्तपुरमा रहेका मगरहरुले स्थापना गरेको कैलाश बसन्तपुर मगर समाजमा एक सय १ घर परिवार आवद्ध रहेका छन् । पत्रकार सम्मेलनमा पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखिराम रानाले विगतमा तानसेनका अन्य टोलमा भएका कार्यक्रममा सहभागीहरुको संख्या अधिक बढी हुँदा व्यवस्थापनमा समस्या देखिएको बताउर्दै यस विषयमा ध्यान दिन आग्रह गरे ।

सम्बन्धित खवर