‘नेतृत्व’ को नयाँ अंक बजारमा

पाल्पा/ नेतृत्व त्रैमासिक पत्रिकाको नयाँ अंक बजारमा आएको छ । वर्ष २५ अंक २ बजारमा आएको हो । पत्रिकाको एक कार्यक्रम बीच सार्वजनिक तथा चर्चा गरिएको छ ।

नेपाल पत्रकार महासंघ पाल्पा शाखा अध्यक्ष रेखिराम रानाले नयाँ अंकको सार्वजनिक गरेका हुन । उनले पत्रिका सार्वजनिक गर्दै बन्द अवस्थामा रहेको पत्रिकालाई निरन्तरता दिने प्रयास प्रशंसनिय रहेको बताए । अध्यक्ष रानाले पत्रिकाको निरन्तरताका साथै फरकशैलीबाट सूचना सहित पाठकले खोजेर पढ्ने विषयवस्तु उठाउन आग्रह सहेत गरे । उनले अहिले सामाजिक सञ्जालहरुले गर्दा सूचना छिटो पाएको महसुस नागरिकले गरेपनि त्यो सही माध्यम नभएको बताउँदै सत्य, तथ्य र विश्वासयोग्य सूचनाका लागि बैधानिक सञ्चार संस्थानै आवश्यक रहने बताए ।

चर्चा कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पाका पूर्व अध्यक्ष झपेन्द्र गहिरेले संचार संस्था सञ्चालन गर्न पाल्पामा निकै कठिन रहेको बताए । प्रविधिले गर्दा अहिले साझ विहान तत्काल सूचनाका लागि अनलाइन र एफ.एम रेडियोहरु रहेको तर दिउँसोमा पाठकको अध्ययनका लागि पठनयोग्य सामग्री अभाव हुने अवस्था रहेको बताए । उनले समय अनुसार परिर्वतन भएर पाठकको रुचि अनुसारको सामग्री समावेस गरेर पत्रिकालाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष माधवप्रसाद अर्याल, जिल्ला सभापति भरत शर्मा,प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य मिलन विश्वकर्मा, जिल्ला अध्यक्ष कृष्ण कार्की, नेपाल पत्रकार महासंघ पाल्पाका सचिव यज्ञमूर्ति तिमिल्सिना,प्रेस सेन्टरका जिल्ला अध्यक्ष कृष्ण दर्नाललगायतले पत्रिका निरन्तर प्रकाशनको शुभकामना व्यक्त गरे । यसका साथै समय अनुसार पत्रिकामा समावेस गरिने सामग्रीमा फरक शैली अपनाउनुपर्ने बताए । उनीहरुले पत्रिकाको दिगोपनाका लागि विशेष विधा छनौट गर्नुपर्ने बताए । यसका साथै विषयगत रुपमा खोजमूलक सामग्री प्रकाशन गर्दा पाठकको ध्यान तान्न सकिने विश्वास व्यक्त गरे ।

कार्यक्रमा प्रकाशक/सम्पादक गोविन्द भटराईले पत्रिकाको यो अंकमा विशेषगरी समाज,संस्कृतिमा जोड दिएको जानकारी दिए । उनले युवा पुस्तालाई उपयुक्त हुने ज्ञानका कुरा समेटने प्रयास गरिएको बताए । प्रकाशक/सम्पादक भटराईले पठन संस्कृतिको विकास गर्नका लागि नेतृत्वको पहल निरन्तर रहने बताए । अहिलेको अंकमा घोप्टो संसारको यो चर्तीकला, तानसेन बाहिरको पहिलो हस्त लिखित पत्रिका नौलो खबर,पूर्व लडाकु बिरवलको कथा व्यथालगायतका महत्वपूर्ण सामग्री समाबेस गरिएको छ ।

सम्बन्धित खवर