घडेरी खन्दा भेटियो तोपका गोला

पाल्पा/ घडेरी खन्दा ठूलो संख्यामा तोपका गोला फेला परेको छ । तानसेन नगरपालिका वडा नं. ४ गोलाखानामा घडेरी खन्ने क्रममा गोला फेला परेका जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

अहिलेसम्म तीन सय गोला फेला परेको छ । गोला अझै भेटिने क्रम रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

गोला भेटिएको जग्गा पाल्पाको नेपाली सेनाको हो । सोही ठाउँमा सेनाले गेस्टहाउस निर्माणका लागि घडेरी खनिरहेको छ । नेपाली सेनाले धेरै वर्ष पहिला जमिनमुनि पुरेको हुनसक्ने प्रहरीले अनुमान लगाएको छ । अहिले भेटिएको गोला तानसेनको नेपाली सेनाको गणमा राखिएको छ । फेला परेका गोला यहाँ के कसरी राखिएको थियो भन्नेबारे थप बुझ्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

 

सम्बन्धित खवर