कर दिवसमा सम्मान

पाल्पा / राष्ट्रिय कर दिवस तथा कर सप्ताह कार्यक्रम समापन भएको छ । यस वर्ष स्वेच्छिक सहभागिता सहितको फराकिलो कराधार दिगो र उत्पादनमुखी अर्थतन्त्रको आधार भन्ने नाराका साथ दिवस मनाइएको हो ।

दिवसका अवसरमा गएको आर्थिक वर्ष २०७७/७८ मा बढी कर दाखिला गर्ने उद्योग व्यापार तथा वित्तिय क्षेत्र तथा महिलाद्धार सञ्चालित व्यवसाय सञ्चालकलाई सम्मान गरिएको छ । यसका साथै करदाता सेवा कार्यालयमा कार्यरत दुई कर्मचारीलाई समेत नगद सहित पुरस्कृत गरिएको करदाता सेवा कार्यालय पाल्पा प्रमुख गीता पाण्डेयले जानकारी दिइन् ।

सम्मानित हुने करदातामा पाल्पाली कन्स्ट्रक्सन प्रा.लिका सञ्चालक बाबुराम पाण्डेय,अन्धकार मुक्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष सागरप्रसाद देवकोटा,ज्ञानेन्द्र अटोका सञ्चालक वीरेन्द्रकाजी शाक्य, नारी सेनेटरी प्याड उद्योगका सञ्चालक उमा अर्याल रहेका छन् । यस्तैगरी कर्मचारीमा नायव सुब्बा मेगनाथ कंडेल र कार्यालय सहयोगी अम्बरबहादुर सुर्यवंशी रहेको करदाता सेवा कार्यालय पाल्पाले जनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय