चुनावी घरदैलोमा व्यस्त गठबन्धनका उम्मेदवार

पाल्पा , क्षेत्र नं. २ का सत्ता गठबन्धनका साझा उम्मेदवार सोम प्रसाद पाण्डेयले बगनासकाली गाउँपालिका वडा नं. ७ को खानीगाउँ, चापखोला, मैदानवारी, झाँक्रीस्थान, टाँकीचौर, दैलातुङ्ग, यम्घाको सिखरडाँडा, मन्द्रान लगायतका क्षेत्रमा घरदैलो तथा चुनावी सभामा बोल्दै करिडोरसँग जोडिएको बस्तीलाई कृषि, पशुपालन र उद्यममा जोडेर जनताको जीवनस्तरमा परिवर्तन ल्याउने बताएका छन् । नेता पाण्डेयले राम्दी जोड्ने मोटरबाटो, दोवाटे–दैलातुङ्ग मोटरबाटोलाई कालोपत्रे गर्ने, दैलातुङ्गमा होमस्टे सञ्चालन गरेर पर्यटनको विकास गर्ने, रानीमहल क्षेत्रको थप प्रभावकारी व्यवस्थापन गर्ने, उर्लेनी–स्कुले मोटरबाटोको विस्तार, मग्रान सिंचाई आयोजनलाई पूर्णता दिने समेत बताए ।

यस्तै पाल्पा क्षेत्र नं. (२) १ का प्रदेश सभा सदस्य पदका उम्मेदवार वीरबहादुर रानाले बगनासकालीको खानीगाउँ र दैलातुङ क्षेत्रमा विकासको लागि कालीगण्डकी करिडोरलाई जोड्ने बताए । बोटे, दलित समुदायको आर्थिक अवस्था वृद्धिको लागि रोजगारीको कार्यक्रम सञ्चालन गरिने पनि उनले बताए ।

यस्तैगरी गरी पाल्पा क्षेत्र नं. (२) २ का प्रदेशसभा सदस्य पदका उम्मेदवार तुलाराम घर्ती मगरले रिब्दीकोटको फेक, ठिमुरे, कुशुमखोला लगायतको क्षेत्रमा घरदैलो गरेका छन् । उनले यस क्षेत्रको ऐतिहासिक रिव्दीकोट, पूर्णाकोट लगायतका पर्यटकीय गन्तव्यहरुको विकास, रिब्दीकोट, फेक, ठिमुरे लगायतका क्षेत्रमा कबुलियती वन कार्याक्रम मार्फत जनतानलाई आयआर्जनमा लगाउने बताए । यसका साथै क्षेत्र नं. १ का गठबन्धनका उम्मेदवारहरू पनि मतदाता समक्ष पुगेर मत मागिरहेका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय