आर्यभञ्ज्याङ–रामपुर सडक खण्डलाई द्रुत मार्ग बन्छ : आचार्य

पाल्पा /नेकपा एमाले पाल्पा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार नारायणप्रसाद आचार्यले आर्यभञ्ज्याङ–रामपुर सडक खण्डलाई द्रुतमार्ग बनाउने बताएका छन् । उनले विकास निर्माण गर्ने पार्टी नेकपा एमाले भएको बताउदै यस्तो बताएका हुन् ।

रम्भा गाउँपालिका–२ फोक्सिङकोटमा शुक्रबार भएको घरदैलो कार्यक्रममा उम्मेदवार आचार्यले एमालेको नेतृत्वमा भएका तीनै तहका सरकारले गरेका काम हेरेर मुल्यांकन गर्न आग्रह गरे । एमालेले जितेका स्थानमा विकासका कामहरु धेरै भएको मंसिर ४ गतेको निर्वाचनमा सूर्यमा मतदान गर्न जनता संग अनुरोध गरे । निवर्तमान प्रदेश सांसद समेत रहेका आचार्यले आफ्नो कार्यकालमा यस क्षेत्रको विकासलाई तीव्रता दिएको बताउदै अधुरा रहेका योजना आफू निर्वाचित भएपछि पूरा गर्ने प्रतिवद्धता जनाए ।

आर्यभञ्ज्याङ–रामपुर सडक स्तरोन्नतिको कामलाई पहिलो प्राथमिकता दिएर काम गर्ने उम्मेदवार आचार्यले प्रतिवद्धता जनाए । यो सडक रामपुरदेखि रोल्पाको कपुरकोटसम्म जोड्ने बाटो हो । यसको शुरुवात एमाले सरकारले नै गरेको आफू निर्वाचित भएपछि तीव्रताका साथ काम गर्ने र यो सडक लाई द्रुत मार्गका रुपमा विकास गर्ने एमाले उम्मेदवार आचार्यले बताए ।

ताहुँमा १५ शैयाको अस्पताल निर्माण, ताहुँ प्रहरी चौकीलाई इनस्पेक्टरको दरबन्दी रहनेगरी स्तरोन्नति गर्ने काममा आफु सक्रिय भएर लाग्ने एमाले उम्मेदवार आचार्यले बताए । जनताको आवश्यकता सम्वोधनमा अहोरात्र खट्ने नेता पाउँदा क्षेत्रगत रुपमा क्रमिक रुपमा विकास हुँदै आएको स्थानीय जनताले बताए । उनीहरुले समय अनुसारको विकासका लागि महल गर्न उम्मेदवार आचार्यलाइ आग्रह समेत गरेका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय