एमालेको पक्षमा जनलहर देख्दा खुसी छु : गैरे

पाल्पा / पाल्पा क्षेत्र नं २ मा नेकपा एमालेको पक्षमा जनलहर देखिएको प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार ठाकुर गैरेले बताएका छन् । पहिलो पटक एमालेकाे तर्फबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका गैरेले एमालेका उम्मेदवार बिजयी बनाउनेगरी देखिएको जनलहरले आफू खुसी भएको बताएका हुन् । नेता गैरेलाई उम्मेदवारको रुपमा पाउँदा पाल्पाली मतदाताहरु उत्साहीत भएर निर्वाचनमा लागेको नेकपा एमाले पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरेले बताए ।

नेपाली राजनीतिक तथा सामाजिक आन्दोलनमा लामो समय बिताएका गैरेले यसअघि कुनै संसदीय निर्वाचनमा मौका पाएका थिएनन् । क्रियाशील राजनीतिक जीवनको ३२ वर्ष पछि उनी पहिलोपटक उम्मेदवार बनेका हुन् । यसकारण पनि पाल्पालीहरुले यसपटकको निर्वाचनमा ठाकुर गैरेलाई मत दिने सचिव रामजी पोखरेले बताए ।

गैरे शुक्रवार तिनाउँ गाउँपालिका ६ मस्याम र तानसेन ९ मदनपोखरा क्षेत्रका मतदाताहरुसँग भेटघाटमा व्यस्त थिए । भेटघाटमा यसअघिका निर्वाचनमा पटक पटक मौका पाएका नेताबाट पाल्पाले खास विकासको महसुस गर्न नपाएको भन्दै यसपटक आफूलाई मत दिई बिजयी गराउने बचन मतदाताहरुले दिएको उम्मेदवार गैरेले बताए ।

सिद्धबाबा सुरुङ मार्ग, बुटवल र पोखरा सडकखण्डको दूरी कम गर्ने, छिमेकी जिल्ला जोड्ने सडकको स्तरोन्नति, आवश्यक स्थानमा पुल निर्माण जस्ता विकासको अगुवाई गर्न युवा नेता गैरेलाई संसदमा निर्वाचित गराएर पठाउनु पर्दछ भन्ने जनमत पाल्पामा बढ्दै गएको छ ।

कृषिमा बजेट वृद्धि र बजारीकरण, कालीगण्डकी करिडोर, मध्यपहाडी लोकमार्ग, सिद्धार्थ राजमार्ग जस्ता सडकको स्तरवृद्धि आफ्नो प्राथमिकता रहेको गैरेले बताए । युवाहरुलाई उद्यमशीलतातर्फ जोड्न, बालबालिका, युवा, महिला, दलित, जेष्ठ नागरीक, अपाङ्ग, एकल महिला लगायतको हकहितको रक्षा आदिवासी जनजातिकोपहिचान गर्न संस्कृतिको संरक्षण गर्न, तानसेन बुटवल सडकलाई स्तरोन्नति गर्न, कालीगण्डकी करिडोरको राम्दी रिडी सडक निर्माण दु्रत गतिमा गर्न, रुरु मोक्ष सरोवर, माण्डव्य सरोवर निर्माण गरी आयमुखी पर्यटन परियोजना सञ्चालन गर्न, पाल्पाका ऐतिहासिक तथा पुरातात्विक क्षेत्रको संरक्षण र विकासका साथै आवश्यक पर्यटन पूर्वाधार विकास गर्न लागि पर्ने उहाँले प्रतिबद्धता जनाएका छन् ।

व्यवसायमुखी कृषि तथा पशु उद्यमशीलताको सुरुवात गर्न ठूलो परियोजना सञ्चालन गर्दै बजार सुनिश्चित गर्न, बाँदर दुम्सी, बदेललगायत बन्यजन्तुको उचित व्यवस्थापन गरी किसानलाई सहयोग पु¥याउन, चीन र भारत जोड्ने कोरोला मार्गलाई पाल्पा हुँदै निर्माण गर्न पहल गर्ने उनले बताए ।

पाल्पालाई प्राविधिक शिक्षाको केन्द्रको रुपमा विकास गर्नको लागि प्राविधिक विश्वविद्यालयको स्थापना गर्न, स्वास्थ्य बिमा प्रभावकारी बनाई सबै नागरीकलाई स्वास्थ्य बिमामा समेट्ने, ग्रामीण क्षेत्रको विद्युत सेवा प्रभावकारी बनाउने, मोवाइल नटिप्ने ठाउँहरुमा दुरसञ्चार सेवा प्रभावकारी बनाउने, माडी चक्रपथको कार्यलाई प्राथमिकताका साथ अगाडि बढाउने, पाल्पामा उत्पादन भएका सबै कृषि उपजहरुलाई बाह्य निकासीको ब्यवस्था मिलाउने, विदेशबाट फर्केका युवाहरुलाई आर्थिक विकासका लागि उद्यममा जोडने उनेको भनाइ छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय