वडा बाटै योजना सम्झौता

पाल्पा/रैनादेवी छहरा गाउँपालिकाले सबै वडामा पुगेर योजनाहरुको सम्झौता गर्ने थालेको छ । जसबाट स्थानीय उपभोक्ता समितिलाई सजिलो हुने भएको छ ।

वडास्तरमा बिनियोजन भएका योजनाहरुलाई उपभोक्ता समिति बनाएर योजना सम्झौता गर्न पालिका वडामै पुगेको हो । भुवनपोखरीको अमिले छचुवा मोटर बाटो उपभोक्ता समितिका अध्यक्ष अर्जुन ज्ञवालीले योजना सम्झौता गर्न जाँदा दिन विताउनुपर्ने वाध्यता हटेको बताए । कर्मचारी नै घरआँगनमा आउँदा उपभोक्तालाई सजिलो मात्र नभई समय र खर्चको बचत समेत भएको उनको भनाइ छ ।

योजना संझौताका लागि प्रमुख प्रशासकीय अधिकृत, योजना शाखा प्रमुख, इन्जिनियर र ओभरसियर वडातहमै पुगेका छन् । वडामा वडाअध्यक्ष, सबै वडा सदस्य, वडाको ओभरसियर साथमा उपभोक्ता समितिको अध्यक्ष, सचिव र कोषाध्यक्ष लगायतको सहभागितामा योजना सम्झौता गरिएको पालिका अध्यक्ष रुक्मांगत भटराईले बताए ।

पालिकाकाे भूवनपाेखरीमा अहिलेसम्म ६० याेजना मध्य ३१ याेजना सम्झाैता भएकाे वडाध्यक्षा प्रदिप पाैडेलले जानकारी दिए ।

सम्बन्धित खवर