‘चौतारीका पाहुना’ कार्यक्रम शुभारम्भ

पाल्पा/ प्रेस चौतारी नेपाल पाल्पा शाखाले चौतारीका पाहुना नामक कार्यक्रम शुभारम्भ गरेको छ । जिल्लाका विभिन्न सवालमा प्रत्यक्ष सरोकारवालाहरुको सहभागितामा विषय उठान गर्नेगरी कार्यक्रमको शुभारम्भ गरिएको हो ।

प्रेस चौतारीले जिल्लाका साझा समस्याहरुका विषयमा सम्बन्धित पक्ष, विषय विज्ञलगायतका व्यक्तित्वहरुलाई जोडेर छलफल गराउनुका साथै सर्वसाधरण जनतालाई सत्यतथ्य जानकारी दिने गरी कार्यक्रम चलाउने प्रेस चौतारी पाल्पाले जनाएको छ ।

कार्यक्रमको शुभारम्भ प्रेस चौतार्री नेपालका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सह इन्चार्ज कमलराज तिमिल्सेनासंग प्रेस चोतारी पाल्पाका सचिवले चौतारी र मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको निर्वाचनका विषयमा कुराकानी गरेर गरिएको छ ।

सहइन्चार्ज तिमिल्सेनाले पाल्पाली पत्रकारिताको क्षेत्रमा प्रेस चौतारीको भूमिका महत्वपूर्ण रहेको बताए । उनले २०५७ सालमा स्थापना भएको संगठन अहिले व्यवस्थित रुपमा आफ्ना गतिविधि सञ्चालन गरिरहेको बताए । उनले नेकपा एमालेको जनवर्गीय संगठन रहेको प्रेस चौतारीले पार्टीलाई विभिन्न अभियानमा सघाउदै आएको समेत बताए । उनले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पनि आवश्यक प्रचारप्रसारको कामलाई सहयोग गर्न संगठनले कार्ययोजना बनाएर आगाडि बढेको जानकारी दिए ।

प्रेस चौतारी नेपाल पाल्पा शाखाका अध्यक्ष कृष्ण कार्कीले चौतारीका पाहुना कार्यक्रमलाई क्रमश साझा चौतारीका रुपमा स्थापित गरिने बताए । सर्वसाधरणको समस्याप्रति सरोकारवालाहरुको ध्यान केन्द्रीत गरी समाधान गर्नका लागि कार्यक्रम सहयोग बन्ने उनको विश्वास छ ।

चौतारीका पाहुन कार्यक्रममा फरक विषय र समयमा फरक पाहुना भिन्न व्यक्तिका साथमा सञ्चालन हुने प्रेस चौतारीका सचिव नारायण न्यौपानेले जानकारी दिए । उनका अनुसार केहि समय कार्यक्रममा निर्वाचन केन्द्रीत पाहुना रहेर हुने बताए । निर्वाचन पछि निरन्तर रुपमा आवश्यकता अनुसार पाल्पाको समग्र विकासका सवाल उठान गर्नेगरी कार्यक्रम सञ्चालन गरिने सचिव न्यौपानेको भनाइ छ ।

सम्बन्धित खवर