सहज स्वास्थ्य सेवाका लागि प्रतिवद्ध छु : नेता गैरे

ज्याेती रायमाझी
पाल्पा/ नेकपा एमालेका तर्फबाट पाल्पा निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार ठाकुर गैरेले ग्रामीण भेगका नागरिकहरुलाई सहज रुपमा स्वास्थ्य सुविधा उपलब्ध गराउनेमा आफू प्रतिबद्ध रहेको बताएका छन् । उनले ग्रामीण नागरिकहरुले अझै पनि सहज रुपमा स्वास्थ्य सुविधा पाउन नसकेको बताउदै स्वास्थ्य बीमा कार्यक्रम सबैलाई समेटेर थप प्रभावकारी बनाउने आफ्नो मुख्य संकल्प रहेको समेत बताए ।

मंसिर ४ को निर्वाचनको चुनावी प्रचारप्रसारका क्रममा रैनादेवी छहरा गाउँपालिका– १ सिद्धेश्वरमा मतदाताहरुसँगको भेटघाट तथा अन्र्तक्रियामा नेता गैरेले यस्तो बताएका हुन । उनले पाल्पाको पश्चिम भेगको रैनादेवी छहरा गाउँपालिकाका विभिन्न वडाहरुमा अझै पनि नेपाल टेलिकमको मोबाइल राम्रोसँग नटिप्ने समस्या रहेकोले यो समस्या समाधान गरी सहज रुमपा इन्टरनेट समेत चल्ने बनाउन आफु लागि पर्ने बताए । यस्का साथै नेता गैरेले गाउँमा अहिलेपनि बाँदर, दुम्सीलगायतका जंगली जनावरले समस्या पारिरहेकोले यसको उचित व्यवस्थापनका लागि आफूले नीति निर्माणतहमा पहल गर्ने बताए ।

नेकपा एमाले पोलिटव्यूरो सदस्य समेत रहेका गैरेले नेकपा एमालेप्रति मतदाताको विश्वास थप बढ्दै गएको र मतदाताहरुले पनि एमालेकै उम्मेदवारहरुलाई मत दिई बिजयी गराउने विश्वास व्यक्त गरे । उनले बिहानबाट रैनादेवी छहराका विभिन्न वडाहरुमा पुगेर मतदाताहरुलाई भेटगरी मतदाताहरुको समस्या, चाहना र सुझावहरु संकलन गरिरहेका छन् ।

यस्तै पाल्पा निर्वाचन क्षेत्र नं. २ प्रदेशसभा २ का उम्मेदवार ओम बहादुर घर्ती मगरले विदेशबाट फर्केका युवाहरुलाई स्वरोजगार बनाउन कृषि पशुपालनको क्षेत्रमा लगानी बढाउने बताए । उनले युवाहरुलाई स्वरोजगार बनाउन उद्यमशीलता परियोजनाहरु सञ्चालनको पहल गर्ने मतदाता समक्ष प्रतिवद्धता जनाए ।

रैनादेवी छहराको चुनावी अभियानमा नेकपा एमालेका नेताहरु राम बहादुर राउत, नारायण बहादुर जिसी, रामजी पोखरेल, तुल बहादुर अधिकारी तथा कार्यकर्ताको सहभागिता रहेको छ । एमालेका उम्मेदवार एजेण्डा लिएर मतदाता समक्ष पुग्दा मतदातामा उत्साह देखिएको छ । नयाँ अनुहार , युवा जोसका साथ अगाडि बढेको एमालेको क्षेत्र नं. २ को चुनावी अभियानमा मतदाताले विश्वासका साथ मतदान गर्ने प्रतिवद्धता जनाएको एमाले जिल्ला अध्यक्ष धनेन्द्रराज घिमिरेले बताए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय