ज्योती रायमाझी
पाल्पा / युवाहरुको व्यवस्थापन आर्थिक सम्वृद्धिबाट मात्र सम्भव रहेको नेकपा एमाले पाल्पा निर्वाचन क्षेत्र नं.२ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार ठाकुर गैरेले बताएका छन् । उनले यो सपना सफल पार्न एमालेले मंसिर ४ को निर्वाचन जित्नुपर्ने बताए ।
एमाले पाल्पाले आयोजना गरेको युवा भेटघाट तथा स्वागत कार्यक्रममा एमाले पोलिटव्यूरो सदस्य समेत रहेका नेता गैरेले यस्तो बताएका हुन् । उनले युवा व्यापारका लागि राखिएको बस्तु नभएको समेत बताए । नेता गैरेले निर्वाचनका समय यु्वा खरिद विक्री हुन्छन् भनेर बस्तुको भाउ गर्नेहरुले युवाको कहिल्यै भलो नचाहने बताए । उनले एमालेले युवा विकासको खम्वा हुन्न भन्ने बुझ्ेको बताउदै युवा लक्षित गौरवका योजना ल्याएर युवा व्यवस्थापन गर्ने बताए ।
यसका साथै प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार गैरेले जिल्लाको विकासका लागि सडक पूर्वाधार, स्वास्थ्य, शिक्षा, कृषि, खानेपानीलगायतका समस्या पहिचान गरी समाधानका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।
अर्का पाल्पा निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नारायणप्रसाद आचार्यले विगत देखि अहिलेसम्म भएको परिर्वतनलाई संस्थागत गर्न नेकपा एमालेका उम्मेदवारहरुले जित्नुपर्ने बताए । उनले अहिले मूलुकमा नेकपा एमाले बाहेक अन्य राजनीतिक पार्टी नरहेको बताउदै सिद्धान्त, विचार विहिन गठबन्धनलाई मतदाताले निर्वाचनमा हैसियत देखाइदिने बताए ।
नेकपा एमाले पाल्पा जिल्लाका निवर्तमान अध्यक्ष समेत रहेका आचार्यले स्पष्ट लक्ष्य र एजेण्डा सहित चुनावमा होमिएको एमाललेलाई सूर्य चिन्हमा मतदान गर्न मतदाता आतुर रहेको समेत बताए ।
युवा संघ नेपालका केन्द्रीय सचिव तुलबहादुर अधिकारीले पटक पटक नेतृत्व लिएका नेताले केही नगरेको बताए । उनले यसपालीको निर्वाचनमा नयाँ अनुहार, युवा नेता ठाकुर गैरेलाई विजयी बनाउनुपर्ने बताए । नेता अधिकारीले युवाको भावना बुझ्ने, पाल्पाको विकासमा पहल गर्न सक्ने राष्ट्रिय नेता गैरे भएकोले युवाहरुको अभियान गैरे जिताउने रहेको जानकारी गराए ।
युवा भेटघाट कार्यक्रममा युवा कुमार श्रेष्ठले पटक पटक निर्वाचन जितेका नेताले युवाको भावन बुझ्न नसकेको गुनासो गरे । उनले पदका लागि प्रयोग गर्ने निर्वाचन संगै युवाहरुलाई विर्सर्ने बानी नेताहरुले गरेकोले यस पटक युवा नेतालाई युवाहरुले रोजेको बताए ।
भेटघाट कार्यक्रम नेकपा एमाले तानसेन नगरकमिटी अध्यक्ष गुराँस आत्रेयको संचालन तथा युवा संघ नेपाल तानसेन नगरकमिटी अध्यक्ष राजेश भट्राईको अध्यक्षतामा चलेको हो ।