
पाल्पा/ कृषि ज्ञान केन्द्र, पाल्पाले फोटो प्रतियोगिता गर्ने भएको छ । ४२ औं विश्व खाद्य दिवस २०२२ को अवसरमा प्रतियोगिता आयोजना गर्न लागिएको कार्यालय प्रमुख कामना अधिकारी भटराईले जानकारी दिइन् ।
दिवसका अवसरमा “खानाको सही उपयोग गरौँ, भोकमुक्त संसार निर्माणमा सहयोग गरौँ “ विषयक फोटो प्रतियोगिता आयोजना हुने छ ।
जसका लागि इच्छुक सहभागीहरुका लागि सूचना प्रकाशन गरिएको ज्ञान केन्द्र पाल्पाले जनाएको छ । प्रतियोगितामा सहभागीले खिचेको फोटो २०७९ असोज ३० गते साँझ ५ बजे सम्ममा कृषि ज्ञान केन्द्रको इमेलमा पठाउनुपर्नेछ ।
सहभागी मध्य उत्कृष्ट तीन फोटो छनौट गरी विश्व खाद्य दिवसको अवसरमा आयोजित कार्यक्रममा सम्मान सहित पुरस्कृत गरिने कार्यालयले जनाएको छ ।